भारतमा फोनी आँधीको हल्चल, तटीय क्षेत्रका ११ लाख मानिस सुरक्षित स्थानमा सारियो

फोनीको गति १७५ देखि २०० किलोमिटर प्रतिघण्टासम्म
छहारी संवाददाता
बैशाख २०, २०७६

बंगालको खाडीमा बनेको फोनी आँधी केही घण्टा मै भारतको ओडिशा राज्यको तटीय क्षेत्र पुरीमा आइपुग्दै छ । फोनी आँधीका कारण त्यस क्षेत्रमा वर्षा भइरहेको छ ।

फोनीले त्यस क्षेत्रमा डूलो विपत ल्याउन सक्ने भन्दै तटीय क्षेत्रका झण्डै ११ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

जल सेना र कोस्ट गार्डलाई सम्भावित घटनालाई कम गर्न अलर्ट राखिएको बीबीसीले जनाएको छ । मौसम विभागका अनुसार यो प्रणाली ओड़ीसा को तटीय क्षेत्रमा भित्रिने र त्यहा भू–स्खलनको सम्भावना छ । त्यसपछि यो प्रणाली फेरि उत्तर–पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जाने छ ।

मौसम विभागका अनुसार फोनीको गति १७५ देखि २०० किलोमिटर प्रतिघण्टासम्म हुनेछ । यसका कारण समुद्रमा झण्डै डेढ मिटरसम्म छाल आउन सक्ने अनुमान गरिएको छ ।

पुरीको तटीय क्षेत्रमा ठोक्किएपछि यो आँधी ओडिशाकै खुर्दा, कटक, जगतसिंहपुर, केन्द्रपाडा, जाजपुर, भद्रक, बालेश्वर जिल्ला हुँदै पश्चिम बंगालतर्फ बढ्नेछ । त्यसपछि यसले बंगलादेशका केही भागमा समेत प्रभाव पार्नेछ ।

ओडिशामा सम्भावित खतरालाई मध्यनजर गर्दै एक सयभन्दा बढी रेल रद्द गरिएको छ । भने गएरातिदेखि नै भुवनेश्वर विमानस्थलबाट २४ घण्टाका लागि सबै उडान रद्द गरिएको छ ।

ओडिशा सरकारले उद्धार तथा राहतका लागि पूर्व तयारी गरिसकेको बताएको छ ।

यसको प्रभाव नेपालको हिमाली भेगमा समेत पर्ने नेपाली मौसमविदहरुले जनाएका छन् । मौसमविदहरुका अनुसार जमिनको सम्पर्कमा आएपछि यो चक्रवातको तीव्रता कम हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*