कस्तो बिनासकारी प्रेम ?

छहारी संवाददाता
बैशाख ६, २०७६

मुस्कान थापा

प्रेम,, प्रमाणित गरिदिने ,
कुनै प्रमाण छैन भन्छु म,
स्वतन्त्र हुनु पर्छ ,
उडान को रफ्तार आफ्नै हुनु पर्छ,
अनि मात्र प्रेम ले सहि गति लिन सक्छ , !!

मैले ,उस्को हरेक बस्तु लाई प्रेम गरे ,,
मेरो अगाडी चुरोट को खिल्ली सल्काउछ उ !!
धुवा संगै मिसिएर आउने गन्ध प्रती म ,,
अत्तर को बास्नामा जस्तै मोहित हुन्छु !!
औंला र ओठ मा लागेको चुरोटको गाढा कस ,,
अत्ति नै मन पर्छ त्यो रङ्ग मलाई !!
बडो स्नेह ले चुम्छु !!खै के हुन्छ मलाई ??
उस्ले चुरोट अरु संग बाडेको,
फिटिक्कै मन पर्दैन मलाई ,
उस्ले सिध्यायको चुरोट को ठुटा हरु ,
संगालेर राखिदिन मन लाग्छ ,,
कुनै दिन सीसा को फ्रेम मा सझायर ,,
उपहार दिने मन छ ,,
हामी रहु या नरहु त्यो बास्ना फ्रेम मै कैद होस ,,
कस्तो वाइहात इच्छा छ है मेरो ??

कहिलेकाही मदिरा लियर आउँछ उ ,,
पियर साथ दिन सक्दिन म ,अगाडि बसिदिन्छु ,,
म उसलाई नपिउ भन्न सक्दिन,
उ मलाई पिउ भन्न सक्दैन ,,
कस्तो कस्तो लाग्छ ,
जब उस्मा मदिरा हाबी हुँदै जान्छ ,
उ गाउन मन पराउछ,
अनि नजानेको अग्रेजि बर्बाउछ,
हामी मन को सबै भडास पोखिदिन्छौ ,
यहि बाहाना मा ,,
मैले उ संग के चाहे त्यो मलाई नै था छैन,
उ म संग के चाहन्छ त्यो मलाई राम्रो संग था छ,,
खै के यो प्रेम हो र??

मैले भोलि कहिले सोचिन,
योजना बनायर कहिले हिडिन,
आज को समस्या संग जुधेरै फुर्सद हुन्न मलाई ,
महत्वाकांक्षा हरु ठुलो छैन मेरो ,
थोरै खुशी र सानो जिन्दगी भय पुग्छ ,
दबाब पुर्ण दिन नबितोस,
सकस को सास फेर्न नपरोस् ,
कसैको नियंत्रित भयर बाच्न नपरोस् ,
यक अर्का को स्वतन्त्रता हनन नहोस् ,
खुल्ला पन्छी सरि उडन पाउ ,,
प्रेमिल आकास मा,
हरेक अन्धकार चिर्ने प्रकाश मा ,,

यहि त इच्छा थियो होला ति हरेक महिलाको प्रेम मा !!!
स्वार्थ ले सिध्याइदिय जीवन लिला!!
ती प्रेमी हरु के मान्छे होइनन् ??
पासो को पिडा हेर्न सक्ने ??
शारीरिक डाम बसाउन सक्ने ??
मान्छेत्व नै उपहास बनाउने कस्तो प्रेम गर्यौ??
त प्रेमी हरुले????
तेरो प्रेम मै बलि चढनु पर्ने ती प्रेमिका हरु ले ,,
कस्तो बिनासकारी प्रेम गरेछौ ??
कस्तो हिम्सा खाले प्रेम रहेछ तेरो ??
प्रेमिका संगै मानबता पनि सिध्याइदिने ,,
धत यस्तो पनि प्रेम हुन्छ ????

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*