सुडान अब सेनाको नियन्त्रणमा, ३० वर्ष सत्तामा रहेका राष्ट्रपति बशीर पदच्युत

छहारी संवाददाता
चैत्र २९, २०७५

सुडानको सेनाले झण्डै ३० वर्ष सत्तामा रहेका राष्ट्रपति ओमार अल–बशीरलाई पदच्युत गरेर गिरफ्तार गरेको छ ।

रक्षामन्त्रीले सरकारी टेलिभिजनमा बोल्दै सेनाले अब दुई वर्षे संक्रमणकालको जिम्मा लिने र त्यसपछि निर्वाचन हुने बताए । उनले देशमा तीन महिनाको लागि संकटकाल लागू गरिएको पनि जानकारी दिए ।

कडा शासकका रुपमा चिनिएका बशीर जसरी सत्तामा आएका थिए बहिर्गमन पनि त्यसरी नै भएको छ ।
सुडानी सेनाद्वारा पदच्युत गरिएका बशीरको शासनकालमा भएका घटनाहरू त्यहाँको राजनीतिक परिवर्तनका महत्वपूर्ण पाटाका रूपमासमेत हेर्ने गरिएको छ ।

उनले सन् १९८९ मा कू गरेर सत्ता हत्याएका थिए । अहिले सुडानी सेनाले पनि उनलाई कु नै गरेर हटाइदिएको छ ।  

पछिल्लो समयमा झण्डै चार महिनादेखि उनीविरुद्धमा भएको आन्दोलनको आडमा सेनाले उनलाई हटाएको हो । सेनाले अब दुई वर्षमा निर्वाचन गराएर लोकतान्त्रिक प्रक्रिया मार्फत् सत्ता हस्तान्तरण गर्ने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*