मकवानपुर गोल्डकप फुटबलको उपाधि आयोजककै पोल्टामा, क्यामरुनी क्लब दाफिन्स २–१ गोलले पराजित
दोस्रो सहिद स्मृति मकवानपुर गोल्डकप फुटबलको उपाधि आयोजक मकवानपुर–११ ले उचालेको छ ।
हेटौंडा–१० मा रहेको वनविज्ञान क्याम्पसको खेल मैदानमा आज भएको फाइनल खेलमा क्यामरुनी क्लब दाफिन्सलाई २–१ गोल अन्तरले पराजित गर्दै मकवानपुर–११ ले उपाधि उचालेको हो ।
खेलको शुरुमै दाफिन्सका यान्निक ओआनाले १ गोलको अग्रता दिलाए पनि धेरै बेर टिक्न सकेन र मकवानपुर–११ का योगेश गुरुङले दुईवटा पेनाल्टीको अवसरलाई गोलमा परिणत गर्दा उपाधि आयोजकले जितेको हो ।
विजेता मकवानपुर–११ ले नगद ८ लाख सहीत शिल्ड र मेडल हात पारेको छ । उपविजेता दाफिन्सले नगद ४ लाख शिल्ड र मेडल जितेको छ ।
प्रतियोगीतामा बेस्ट डिफेन्डर दाफिन्सका ओको वाटा भए र प्रतियागिताको सर्वोत्कृष्ट खेलाडि, गोलकिपर र बेस्ट प्लेयरको उपाधि मकवानपुर ११ का किपर अशोक बराल घोषित भए ।
अन्य बिधातर्फ आयोजक टिमकै हिसुब थपलिया म्यान अफ द म्याच, योगेश गुरुङ बेस्ट मिडफिल्डर, बेस्ट फरवार्ड रोजन सुब्बा र बेस्ट कोच बिजयलाल श्रेष्ठले हात पारे ।
बिधागत तर्फ खेलाडिले नगद २० हजार पुरस्कार जितेका छन् । भने बेस्ट प्लेयरको उपाधि विजेतालाई नगद ७५ हजार पुरस्कार प्रदान गरिएको छ ।