मकवानपुर गोल्डकपः मकवानपुर–११ र दाफिन्सको फाइनल भिडन्त पक्का, फाइनल १६ गते शनिबार हुने

छहारी संवाददाता
चैत्र १५, २०७५

दोस्रो सहिद स्मृति मकवानपुर गोल्डकप फुटबलको उपाधिका लागि आयोजक मकवानपुर–११ र दाफिन्स फुटबल क्लब बीच प्रतिस्पर्धा हुने भएको छ ।

हेटौंडा–१० मा रहेको वनविज्ञान क्ब्याम्पसको खेल मैदानमा आज भएको दास्रो सेमिफाइनलमा थ्रीस्टार क्लबलाई टाइब्रेकरमा पराजित गर्दै दाफिन्स फाइनलमा पुगेको हो ।

यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा आयोजक मकवानपुर–११ ले नेपाल पुलिस क्लबलाई पराजीत गर्दै फाइनलको यात्रा तय गरेको थियो । आजको खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकर गरिएको थियो ।

जसमा दाफिन्सका तर्फबाट प्रिसो एन्जाङगे, एंगमा एंगौल, यान्निक ओआना, ओन्गवेने जेआर र बिजिक बिजिकले गोल गरेका थिए ।

यस्तै थ्रीस्टारको तर्फबाट रञ्जित धिमाल, विजय धिमाल र मान्सा बिएवोग्वीले गोल गरेका थिए । अनिल गुरुङको प्रहार भने बाहिरिएको थियो ।

खेलको सुरुमा  दाफिन्सको तर्फबाट यान्निक ओआनाले गरेको गोलले दाफिन्सलाई अग्रता दिलाएको थियो भने थ्रीस्टारका रञ्जन बिष्टले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । आजको खेलको म्यान अफ दि म्याच थ्रीस्टारका जीवन गुरुङ घोषित भए ।

प्रतियोगिताको फाइनल खेल यही १६ गते शनिबार हुनेछ । प्रतियोगिताको विजेताले नगद आठलाख र उपविजेताले नगद चारलाख प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*