स्थानिय तहले सडक भन्दा अरु विकासका कामलाइ बढी प्राथमिकता दिनु पर्छः कृष्णहरि बाँस्कोटा

छहारी संवाददाता
चैत्र ६, २०७५

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सबै स्थानिय तहले सडक निर्माण नै विकास निर्माणको प्रमुख काम भन्दा पनि अरु नै विकासका कामलाइृ बढी प्राथमिकताका आधारमा गर्नुपर्ने बताउनुभएको छ ।

हेटौंडा उपमहानगरपालिकाको आयोजनामा सूचनाको हक सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रमलाइृ सहजीकरण गर्दै उहाँले स्थानयि तह स्थानिय सरकार भएकाले उसले आफ्ना नागरिकका लागि गर्नुपर्ने कामका बारेमा जानकारी गराउनुभयो ।

स्थानिय तहका जनप्रतिनिधिहरुले गर्नुपर्ने काम र गने नहुनेकामका बिषयमा जानकारी दिदै जनताले पाउने सूचना तत्काल उपलब्ध गराउनका लागि पनि निर्देशन दिनुभयो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले स्थानिय तहले नागरिकको सूचनाको हकलाई कार्यनयन गरिएको बताउनुभयो । उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*