मकवानपुरका स्थानीय तहहरुमा समान कामको समान ज्याला लागु गरिने

छहारी संवाददाता
फाल्गुन २७, २०७५

मकवानपुरका स्थानीय तहहरुमा समान कामको समान ज्याला लागु गर्ने निर्णय गरिएको छ । आईतबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको संयोजक्त्वमा बसेको समन्वय बैठकले जिल्लामा महिला र पुरुष बिच समान कामको समान ज्याला लागु गर्ने निर्णय गरेको हो ।

जिल्लाका सबै स्थानीय तहका प्रमुख एवम् उपप्रमुखले निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन । उनिहरुले आगामि आर्थिक वर्षबाट ऐन नै बनाएर महिला र पुरुष बिच समान कामको समान ज्याला लागु गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन ।

कानुनमा महिला र पुरुष बिचमा समान कामको समान ज्याला प्राप्त गर्ने अधिकार रहेको भन्दै उक्त प्रावधानको कार्यान्वयनकालागि समान कामको समान ज्याला लागु गर्न लागिएको प्रमुख खुलालले बताउनुभयो ।

कानुनमा व्यवस्था रहेको भए पनि कतिपय अवस्थामा समान ज्याला कार्यान्वयनमा नआएको भन्दै त्यसको कार्यान्वयनकालागि ऐन निमार्ण गरेर लागु गर्ने निर्णय गरिएको उहा“ले बताउनुभयो ।

बैठकमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत, थाहा नगरपालिकाका मेयर लबशेर बिष्टलगायत मकवानपुरका १० वटै स्थानीय तहका प्रमुख÷उपप्रमुखहरुको सहभागिता रहेको थियो ।   

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*