मेलाको छैठौ दिन बिहिबार चेतन सापकोटा, टंक बुढाथोकी, अशोक दर्जी आउने

छहारी संवाददाता
फाल्गुन २३, २०७५

मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडाको क्याम्पा चौरमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलाको आज पाँचौ दिन पनि मेला अवलोकन गर्नेहरुको उल्लेख्य उपस्थिति रह्यो । मेलामा आज गायक सुगम पोखरेल र कमल क्षेत्रीले दर्शकलाई मनोरञ्जन दिएका थिए । आज स्थानीय कलाकारहरुको समेत साँगितिक प्रस्तुति रहेको थियो ।

मेलामा बाल उद्यान, हेलिकप्टर सिटी टुर, कृषि, पर्यटन, निशुल्क स्वास्थ्य शिविर जस्ता प्रदर्शनीमा रहेको छ । मेलामा एकैदिन आज ४२ जनाले सिटि टुर गरेको आयोजकले जानकारी दिएको छ । हेलिकप्टर उठानबाट १ लाख ६८ हजार रुपैँया आम्दानी भएको पनि जानकारी गराइएको छ ।

हालसम्म हेलिकप्टरबाट ७८ फ्लाईट भएको र १२ लाख रुपैँयाभन्दा बढि आम्दानी भईसकेको मेला आयोजक मकवानपुर उद्योग बाणिज्य संघले जनाएको छ ।

मेलामा भोलि फागुन २३ गते बिहीबार टंक बुढाथोकी, चेतन सापकोटा, अशोक दर्जी, एआर बुढाथोकी लगायतका कलाकारहरुको प्रस्तुति रहने छ भने दन्त विशेषज्ञबाट निशुल्क शिविर सञ्चालन हुने संघका प्रवक्ता काव्यमणी अधिकारीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*