जथाभाबि उत्खनन् गरिएको मकवानपुरगढी गाउँपालिकाको मजुवा खानीमा समन्वय समितिद्धारा अनुगमन
मकवानपुर गढी गाउँपालिकाको वडानंम्बर ५ मजुवा खानीमा आज जिल्ला समन्वय समिति मकवानपुरले अनुगमन गरेको छ ।
मजुवा खानीमा हेटौंडा सिमेन्ट उद्योगले ओमसाई कन्ट्रक्सनलाई खानी उत्खनन् गर्नका लागि जिम्मा दिएपनि जथाभाबि बिना प्राबिधिक उत्खनन् गरेपछी स्थानयिको चर्को बिरोध पछी आज अनुगमन गरिएको हो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुणासैनी, गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाई, जिल्ला प्रशाशन कार्यालय मकवानपुर, ससस्त्र प्रहरी, जिल्ला प्रहरी कार्यालयको प्रहरीको उपस्थितीमा आज अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा मजुवा खानी उत्खनन्का क्रममा एक्साभेटरले जथाभाबि रुपमा उत्खनन् गरेर ओभरबटमको नियन्त्रण नगरीकन त्यसै जंगलमा फालिएको पाईको छ । अनुगमनका क्रममा बस्ती संरक्षण समितिका पदाधिकारी, स्थानिय वासिन्दाहरुले अस्तब्यस्त रुपमा खनिएको खानी बन्द गर्ने सम्मको चेतावनी दिएका छन् ।
हेटौंडा बजारबाट छोटो दुरीमा रहेको खानी उत्खनन्को मापदण्ड पुरा नगरीकन खनिएको पाइएको छ । अबैध रुपमा उत्खनन् गरिएको खानीका कारण गढी गाउँपाकिलाको वडानंमबर ५ का १२ सय परिवार र एक दर्जन संघसंस्था प्रतक्ष रुपमा प्रभाबित भएका छन् । बर्षायाम आउने बितीकै सबै बस्ति बगाएर लैजाने खतरा बढेको स्थानिय वासिन्दाहरुले बताएका हुन् ।
मजुवाखानीबाट गढी ५ को चुहार, नयाँगाउँ, तल सोलीथुम, ज्यामिरे, सिमल्टार, कालिवन, धादिङका एक हजार २ सय घरधुरीका बासिन्दाहरु प्रभाबित भएका छन् । ठुलो बस्ति संगै खानी संगै रहेको शारदा माबि, ५ नंम्बर वडा कार्यालय, स्वास्थ्य चौकि, बिभीन्न संघसंस्था संगै मानब बस्ति बढी जोखिममा रहेको स्थानियको भनाई छ ।
ठुलो बस्तिको बिचमा रहेको मजुवा खानी ब्यबस्थित रुपमा संचालन गर्नुको सट्टा जथाभाबि रुपमा प्राबिधिकको उपस्थिती बिना खानी उत्खनन् गर्ने र यहाँका गहिरा, खोल्सा, डाडैभरी ओभरबटम फाल्दा यो समस्या परेको स्थानिय वासिन्दाहरु बताउँछन् ।
पुर्ण सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगले खानी संचालन गर्दा पहिले स्थानिय वासिन्दा, वडा कार्यालय, गाउँपालिका कार्यालय संग गरिएका सहमती पालना गरेर मात्र खानी संचालनमा लागि माग गरिएको तर त्यसको सुनुवाई नभएको उनिहरुको भनाई छ ।
खानी संचालन गर्नका लागि हेटौंडा सिमेन्ट उद्योग, चुनढुङगा उत्खनन् र ढुवानी गर्ने ठेक्का पाएको ओमसायी कन्ट्रक्सनले ओभरबटम ब्याबसथापन गर्नका लागि खानीमै जाली भरेर ग्रेभल निस्कनै नदिने, ज्यामिरे देखि कालिवन, सिमल्टार सम्म सिमेन्टको क्रंकिट ढलान सहितको ठुला चेकड्याम हाल्ने, स्थानिय क्षेत्रमा स्लाब ढलानको सडक निर्माण गर्ने, सिमेन्ट उद्योगले बिद्यालय स्थान्तरण गर्ने, खानी प्रभाबित घर, जग्गाको मुहाब्जा दिने लगायतका सहमती भएको छ ।
ती सहमती मध्यमा ज्यामिरेमा स्लाब ढलानको काम भईरहेको छ । तर बस्ति संरक्षण गर्नका लागि कुनै पनि काम नभएको स्थानिय वासिन्दाहरु बताउँछन् ।