आगलागी नियन्त्रणका लागि हेटौंडा उपमहानगरपालिकामा आयो नयाँ दमकल
सुख्खायाम बढेसंगै आगलागी नियन्त्रण गर्नका लागि हेटौंडा उपमहानगरपालिकाले नयाँ दमकल ल्याएको छ । हिउँदयाममा दमकल कम भएकै कारण खागलागीका घटना नियन्त्रण गर्नका लागि अप्ठेरो परेकाले अर्को एउटा दमकल पनि थपिएको हो ।
उपमहानगरपालिकाले टेण्डर मार्फत घटाघटमा ५२ लाख रुपैयाँ लागतमा दमकल खरिद गरेर आजबाट कार्यनयनमा ल्याई सकेको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । पहिलेको भन्दा ठुलो र बढी क्षमताको दमकल कार्यालयमा भित्रीएको हो ।
घटाघटमा म्याप कम्पनिको ४ हजार ५ सय लिटर पानी क्षमताको दमकल ल्याइएको र अब कार्यनयनमा लगिएको मेयर महतले बताउनुभयो ।
पहिले उपमहानगरपालिकामा रहेको दमकल ४ हजार लिटर क्षमताको रहेको छ । त्यसमा पनि ३० बर्ष पुरानो दमकल भएकाले अर्को दमकलको आबस्यक्ता परेको थियो । आजबाट अर्को दमकल आएसंगै उपमहानगरपालिका संग आगलागी नियन्त्रण गर्नका लागि दुईवटा दमकल भएको छ ।
एउटा मात्र दमकल भएका कारण नगर, जिल्ला र आसपासका क्षेत्रमा आगलागी नियन्त्रण गर्नका लागि समस्या भएकाले अर्काे दमकल पनि थपीएको मेयर महतले बताउनुभयो । हिउँदयाममा धेरैजसो आगलागीका घटना हुने गरेका छन् ।
हेटौंडामा कम दमकल भएकै कारण केही महिना अगाढी हेटौंडाको हुप्राचौरमा रहेको ओम्याक्स हलमा आगलागी हुँदा बिरगन्ज, पथलैया लगायतका क्षेत्रबाट दमकल मगाउनुपरेको थियो । तर अब दुईवटा दमकल भएपछी आगलागी नियन्त्रण गर्नका लागि सजिलो भएको छ ।
कतै आगलागी भईहालेमा निशुल्क रुपमा आगो निभाउनुपर्ने दमकल भित्रयाएसंगै उपमहानगरपालिकालाई खर्चको भार भने थपीएको छ ।
जिल्ला भित्र होस या बाहिर तयारी हालमा ५ जान सम्म कर्मचारी राख्नुपर्ने, ईन्धन, मर्मत संभार लगायतका क्षेत्रमा खर्च बढेपनि नगरबासीहरुले भने आगलागी हुँदा हुने क्षेती न्युनिकरण गर्नका लागि भने सजिलो भएको छ ।
हिउँद याममा जंगलमा त्यतीकै आगो लाग्ने, बजार क्षेत्रका घर, पसल, उद्योग, कलकारखानामा पनि त्यतीकै आगलागीका घटठना हुने गरेका छन् ।