मामाघर नेपाललाई खेलकुद सामग्री तथा एकछाक खानाको लागि रुपैया सहयोग

छहारी संवाददाता
फाल्गुन २२, २०७५

नेपाली कम्युनिष्ट आन्दोलनको महत्पवूर्ण बलिदानी दिवसको रुपमा रहेको ४६ औँ सुखानी दिवसको अवसरमा मदन भण्डारी स्र्पोट्स एकेडेमीले आज मकवानपुरको हेटौँडामा रहेको मामाघर नेपालमा कार्यक्रमको आयोजना गरेको छ ।

एकेडेमीले मामाघरमा रहेको भान्जाहरुको लागि खेलकुद सामग्री तथा एकछाक बराबरको खानाको लागि रुपैया समेत प्रदान गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश नंबर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले नेपाल पछि परेको समुदाय तथा जनताको निमित्त लड्दा सुखानीमा राज्यद्वारा हत्या गरिएका युवाहरुको योगदानको स्मरण गरे ।

अहिले नेपालमा तलदेखी माथिसम्म कम्युनिष्ट सरकार रहेको भन्दै उनले अव देश बदल्ने र सुखानीमा सहिद भएकाहरुको सपनालाई पुरा गर्ने दिन आएको समेत बताए ।

कार्यक्रममा बोल्दै नेकपा केन्द्रीय सदस्य केदार न्यौपानेले माक्सवादी विचार विना विश्व समद्ध हुनै नसक्ने बताए । माक्सवादलाई केही भाग्यवादीहरुले भ्रम सृजना गर्न खोजेको भन्दै उनले अब सबै युवाहरुले माक्सवादको ज्ञान लिन जरुरी रहेको बताए ।

कार्यक्रममा नेकपाका नेताहरु ललित बस्नेत, अनन्त पौडेल, श्रीधर पोखरेल, बद्री लम्साल, विष्णु ओझा, एकेडेमीका केन्द्रीय सदस्य नविन सिग्देल लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रम मदन भण्डारी स्र्पोट्स एकेडेमीका मकवानपुर अध्यक्ष निरजसिंह ठकुरीको अध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*