इस्टु हेटौँडाको पहिलो अध्यक्ष सिएम रिमाल
सस्थागत विद्यालय शिक्षक, कर्मचारी युनियन (इस्टु) हेटौँडा उपमहानगरपालिकाको पहिलो अधिवेशनबाट अध्यक्ष पदमा सिएम रिमाल चयन हुनु भएको छ ।
आज हेटौँडामा भएको अधिवेशनले रिमालको अध्यक्षतमा ९ सदस्यीय उपमहानगर कमिटि गठन गरेको छ ।
कमिटिको बरिष्ट उपपाध्यक्षमा भिमशेन थोकर, महिला उपाध्यक्षमा रोजिना ढुंगेल, सचिवमा निर्माण न्यौपाने, कोषाध्यक्षमा भीम न्यौपाने तथा सहसचिवमा राकेश दुवे लगायत चयन भएका छन् ।
रिमाल हेटौडाको नवोदय शिशु सदन सेकेण्डरी स्कुलमा अध्यापनरत हुनुहुन्छ ।