चार नसर्ने रोगका सम्बन्धमा आज हेटौंडामा छलफल
नसर्ने रोगहरु सम्बनधी आज हेटौंडामा अभिमुखीकरण कार्यक्रम गरिएको छ । हेटौंडा उपमहानगरपालिकाको आयोजानमा चार नसर्ने रोगका सम्बन्धमा छलफल समेत भएको छ ।
कार्यक्रमको उध्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सर्ने भन्दा नसर्ने रोगहरुबाट सबै बच्नुपर्ने बताउनुभयो । नसर्ने रोगहरु खतरनाक रहेकाले बेलैमा सबै सचेत रहनुपर्ने उहाँले बताउनुभयो ।
नसर्ने रोगका बिषयमा सबैतिर सचेतना जगाउनुपर्ने पनि उहाँले बताउनुभयो । हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामाको अध्यक्षतामा भएको कार्यक्रममा तीन नंम्बर प्रदेश स्वाथ्य निर्देशनालय हेटौंडाका डाक्टर एदुचन्द्र घिमीरे, जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वाथ्य निरीक्षक बिगुकुमार झाले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, हेटौंडाका बिभीन्न वडाका वडाअध्यक्षहरु, कार्यालयका प्रबन्धकहरु ल्गायतकाको सहभागिता रहेको थियो ।