सरकारी कार्यालयबाट हुने लेखापरिक्षणमा नागरिक सहभागिता बढाउन तयार छौंः मेयर महत
सरकारी कार्यालयबाट हुने लेखा परिक्षणमा नागरिकको सहभागिता भएमा अनियमितता कम हुने आज हेटौंडामा आयोजित कार्यक्रमका सहभागिहरुले बताएका छन् ।
महाँलेखा परिक्षकको कार्यालयको आयोजनामा लेखापरिक्षणमा नागरिक सहभागिता कार्यसाला गोष्ठीको अबसरमा सहभागिहरुले यस्तोकुरा बताएका हुन् ।
कार्यक्रमको उध्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले लेखापरिक्षणमा नागरिक सहभागिता यसअघि पनि गराउँदै आएको अब पनि पुर्ण रुपमा गराउन आफुहरु तयार रहेको बताउनुभयो । सरकारी कार्यालयमा बसेर आफ्ना हिसाब पारदर्सी राख्ने काम संगै नागरिक प्रति पनि जवाफ देहि भएमा राम्रो हुने उहाँले बताउनुभयो ।
महाँलेखा परिक्षकको कार्यालयले लेखा परिक्षण गर्दा हेटौंडा उपमहानगरपालिकाको लेखा प्रणाली उत्कृष्ट भनेर गएकोमा आफु खुसी रहेको उहाँले बताउनुभयो । नागरिकको करबाट संकलन गरिएको रकमको राम्रो संग हिसाब राखेमा बिभीन्न खालका आरोपबाट बच्न सकिने मेयर महतले बताउनुभयो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, थाहा नगरपालिकाका उपमेयर खड्ग गोपाली, भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाई, महालेखा परिक्षकको कार्यालयका दामोदर पुणासैनी, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई लगायतकाले लेखापरिक्षणमा नागरि सहभागिताको बिषयमा आफ्ना धारणा राख्नुभएको थियो ।