सन्त नेता भट्टराईको आठौं स्मृति दिवसमा अन्र्तक्रिया

छहारी संवाददाता
फाल्गुन २१, २०७५

नेपाली कांग्रेस मकवानपुरले पूर्व प्रधानमन्त्री, नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको आठौं स्मृति दिवसमा सोमबार पार्टी कार्यालय हेटौंडामा अन्र्तक्रिया कार्यक्रम गरेको छ । सन्त नेता भट्टराईको २०६७ साल फागुन २० गते निधन भएको थियो ।

नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षता भएको अन्र्तक्रिया कार्यक्रममा वक्ताहरुले उहाँको देश र जनताप्रतिको योगदानको बारेमा चर्चा गरेका थिए ।
वि।सं। १९८१ मा जन्मिनु भएका किसुनजीले राणाशाही र पञ्चायत विरुद्ध अनवरत् संघर्षका क्रममा लामो समय जेल जीवन बिताउनु भएको थियो । झण्डै २० वर्ष नेपाली कांग्रेसको सभापति बनेर नेतृत्व प्रदान गरेका भट्टराई दुई पटक देशको प्रधानमन्त्रीसमेत हुनुभएको थियो ।

२००३ सालमा नेपाली कांग्रेस गठन गर्दादेखिनै नेपालको राजनीतिमा सक्रिय रहँदै आउनुभएका भट्टराई २०४६ सालको जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषद्मा पहिलोपटक प्रधानमन्त्री भई मुलुकमा प्रजातान्त्रिक मूल्य र मान्यतासहितको २०४७ सालको संविधान देशलाई दिनुभएको थियो र दोस्रो पटक २०५६ सालको आम निर्वाचनपछि प्रधानमन्त्री हुनुभएको थियो ।

२०१५ सालमा भएको संसदीय चुनावपछि बनेको प्रतिनिधि सभाको पहिलो सभामुख भएका उनी नेपाल पत्रकार महासंघको संस्थापक सभापति समेत हुनुभएका सन्त नेता भट्टराई प्रधानमन्त्रीबाट राजीनामा दिएपछि एउटा छाता, सुराही र टिनको बाकसमात्र आफूसँगै लिएर फर्केका किसुनजीलाई सन्त र आदर्श नेताको रुपमा लिइन्छ ।

अन्र्तक्रिया कार्यक्रममा सचिव आनन्द कठायत, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सहसचिव रामबाबु बानियाँ, जिल्ला सदस्यहरु राजिव सुवेदी, सूर्यबहादुर रुम्बा, सुनिल दाहाल, ईश्वरलाल श्रेष्ठ, सल्लाहकार प्रभात दाहाललगायत जिल्ला तहका नेता तथा कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*