चागुनारायण घिउ उद्योगद्धारा उत्पादित घिउमा मिसावट पाईयो

छहारी संवाददाता
फाल्गुन २०, २०७५

हेटौंडा उपमहानगरपालिकाको खाद्य प्रयोगसालाबाट बिभीन्न खाद्ययपदार्थको परिक्षण सुरु गरिएको छ । बजारमा उपभोक्ताको बिक्रीका लागि राखिएका सामाग्रीहरुको परिक्षण गर्ने काम भईरहेको हेटौंडा उपमहाँनगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो ।

परिक्षण गरिएका खाद्यान्नमा चागुनारायण घिउ उद्योगद्धारा उत्पादित घिउमा मिसावट भएको पाईएको खाद्य प्रयोगसालाका खाद्य परिक्षक एलिना न्यौपानेले बताउनुभयो । उपमहानगरपालिकाको खाद्यय प्रयोगसालामा पानी, बेसार, घिउ, तेलको नमुना परिक्षण गरिएको थियो ।

हेटौंडाका वासिन्दाहरुलाई अखाद्ययबस्तु खान नपरोस भन्ने उदेस्यले स्थापना गरिएको प्रयागसालामा खाद्ययपदार्थ परिक्षण गर्ने र उपभोक्तालाई सचेत गराउने काममा आफुहरु लागिपरेको मेयर महतको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*