मानब सेवा आश्रमको भवन निर्माणको लागि दश लाख सहयोग गर्ने हेटौंडा उपमहनागरपालिकाको घोषणा

छहारी संवाददाता
फाल्गुन २०, २०७५

मानब सेवा आश्रमको भवन निर्माणको लागि हेटौंडा उपमहनागरपालिकाले दश लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

मानब सेवा आश्रमको भवन निर्माण स्थल हेटौंडा ९ मा लगाइएको महायज्ञका क्रममा बोल्दै उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले यसको भवन निर्माणमा दश लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

आश्रमको भवन निर्माणको काम अधुरो भएकाले दश लाख रुपैयाँ दिने र त्यसबाट काम सुरु गरिहाल्नका लागि मेयर महतले आग्रह समेत गनुृभएको छ ।

भवन निर्माणमा धेरैको सहयोगबाटने सकिने भएकाले उपमहानगरपालिकाको पनि दायित्व भएकाले महत्वपुर्ण कामका लागि आफुहरुले सहयोग गरिएको उहाँको भनाई छ । महायज्ञमा बिभीनन ब्यक्तित्वहरुले सहयोग गर्नेक्रम जारीनै रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*