ओम बृद्धाश्रमलाई ५० हजार बराबरको खाद्यन्न सहयोग
प्रोफेशनल एजुकेशन फाउण्डेसनद्वारा सञ्चालित तुलसीमेय मावि तथा नारायणी कलेज हेटौँडाले आज हेटौँडामा रहेको ओम बृद्धाश्रमलाई खाद्यन्न प्रदान गरेका छ ।
आज हेटौँडा उपमहानगरपालिका वडा नंबर २ मा रहेको आश्रममा पुगेर स्कुल ब्यवस्थापन समिति अध्यक्ष यम सिलवाल, फाउण्डेसनका सचिव हेमन्त ढुंगेल, सञ्चालक पुरुषोत्तम खनाल, क्याम्पस प्रमुख रघुनाथ खराल सहित एकसय भन्दा धेरै विद्यार्थी र शिक्षकहरुले सयुक्त रुपमा खाद्यन्न वितरण गरेका हुन् ।
फाउण्डेसनले ५० हजार बराबरको खाद्यन्न वितरण गरेको हो भने कक्षा ४ मा अध्ययनरत विद्यार्थीहरुले आफ्नो खाजाखाने पैसामा केहि रुपैया जोगाएर नगद ५ हजार ५५ रुपैँया समेत हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा बोल्दै सञ्चालक समितिका अध्यक्ष सिलवालले सानै उमेरबाट आफुभन्दा ठुलाको सम्मान तथा दुखमा रहेकाहरुलाई सहयोग गर्ने भावनाको विकासको लागि समेत विद्यार्थीको यो प्रयासको प्रंशसा गरे ।
कार्यक्रममा बोल्दै फउण्डेसनका सचिव ढुंगेलले विद्यार्थीहरुले सानै उमेरमा सहयोगको भावनाको विकास गर्नु निकै उत्कृष्ट कार्य भएको बताए । आमाबुबाको सम्माननै आफ्नो प्रमुख दायित्व रहेको भन्ने विषयमा समेत विद्यार्थीले बुझेको उनले बताए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रअ खरालले आफुहरुले आश्रमको सहयोगमा गरिएको यो प्रयासलाई जारी राख्ने प्रतिवद्धता समेत ब्यक्त गरे । उनले आफ्नो छोरीको जन्मदिनको अवसरमा समेच नगद ५ हजार सहयोग गर्ने घोषणा ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै आश्रमका अध्यक्ष बुद्धिप्रसाद पौडेलले सानासाना विद्यार्थीहरुले आफ्नो खाजा खाने पैसाको केहि रकम छुट्याएर सहयोग गरेको प्रति आभार ब्यक्त गरे । आश्रममा हाल २८ जना बृद्धबृद्धाहरु रहेको भन्दै उनले यसप्रकारको सहयोगको पुन आशा समेत ब्यक्त गरे ।