वडा अध्यक्ष ललित घलानसहित स्थानीयहरु विकास निर्माणमा जुटे

छहारी संवाददाता
फाल्गुन १७, २०७५

हेटौंडा उपमहानगरपालिका–१२, पदमपोखरी कल्याणटार हेटौंडा बजारदेखि नजिकैको दुरीमा रहेपनि भौतिक पूर्वाधार विकासको हिसाबले पछि परेको छ ।

सो क्षेत्रमा स्तरीय मोटरबाटो नहुँदा स्थानीय बासिन्दाहरु समस्या भोग्न बाध्य छन् । यस क्षेत्रमा मोटरबाटो लैजान स्थानीय बासिन्दाले विगतदेखि नै पहल गर्दै आएका छन् ।

यसै सन्दर्भमा वडा अध्यक्ष ललित घलानसहित स्थानीयहरु सो क्षेत्रमा बाटो खन्न जुटेका छन् । १२ नम्बर वडा कार्यालयले यहाँको बाटो स्तरोन्नतीका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरेपछि थप सहयोगका लागि स्थानीय बासिन्दा बाटो खन्न जुटेका हुन् ।

कल्याणटारबाट घिसिङटोल चौतारा हुँदै सिग्रेनी जाने करिब १ किलोमिटर मोटरबाटो स्तरोन्नती गरिएको हो । ह्यामपाइपसहितको बाटो स्तरोन्नती गर्ने कार्य भइरहेको अध्यक्ष ललित घलानले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*