नेपाल आर्मीले हेटौडा डेरीको दुध खरिद गर्न छाड्नुको कारण यस्तो
हेटौंडा डेरिद्धारा उत्पादित दुध नेपाल आर्मीले खरिद गर्न छाडेपछी यस उद्योगलाई चुनौती थपीएको छ ।
चौधरी गु्रपद्धारा संचालनमा आएको हेटौंडाको बसामाडीमा संचालनमा रहेको हेटौंडा डेरीको दुध नेपाल आर्मीले खरिद गर्दै आएको भएपनि गत माघ महिनाबाट आर्मीले खरिद गर्न छोडेको हो ।
नेपाल आर्मीका लागि बट्टामा दुध बिक्री गर्नकै लागि १४ बर्ष अगाढी बसामाडीमा स्थापना भएको उद्योगबाट गत बाघ महिनाबाट आर्मीले पनि खुल्ला रुपमा दुध खरिद गर्न पाउने सरकारी निर्णयपछी समस्या भएको उद्योगका महाप्रबन्धक उदयराज पण्डीतले बताउनुभयो ।
आर्मीले लैजाने दुध उत्पादन बन्द गर्नुपर्दा यो उद्योगको कन्डेस मिल्कमा कार्यरत १५ जना कर्मचारीलाई अहिले त्यसै तलब खुवाउनु परेको उहाँले बताउनुभयो । यस उद्योगले अहिले भने अरु उद्योग जस्तै दुध, दही, बटर, पनिर, घिउ, चिज उत्पादन गर्दै आएको उद्योगका सिईयो होम न्यौपाने बताउनुहुन्छ ।
अहिले पनि उद्योगमा ७० जना कामदार छन् । यस उद्योगद्धार उत्पादिीत सामाग्री देशैभरी जाने गरेको छ । दैनिक २१ हजार लिटर दुध उत्पादन गरेर बिभीन्न दुग्धजन्य पदार्थ उत्पादन गरेर बिक्री गर्दै आएको छ । डेरीले मकवानपुर, चितवन, नबलपरासी, बारा, रुपन्देहीबाट दुध खरिद गर्दै आएको छ । ५ बिगाहा क्षेत्रफलमा फैलीएको जग्गामा उद्योग स्थापना भएको छ ।