“बर्ड फ्लु”को हल्लामा कुनै सत्यता छैनः मकवानपुर कुखुरा ब्यवसायी संघ

छहारी संवाददाता
फाल्गुन १५, २०७५

हेटौँडा उपमहानगरपालिकामा केहि दिनबाट कुखुरा मर्न थालेपछि चलेको “बर्ड फ्लु”को हल्ला निरर्थक भएको मकवानपुर कुखुरा ब्यवसायी संघले जनाएको छ ।

आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि संघका अध्यक्ष राजु अधिकारीले नेपालमानै नभएको “बर्ड फ्लु” हेटौँडामा पनि नभएको बताए । नेपालमा हाल “बर्ड फ्लु”को कुनै संक्रमण नभएको भन्दै अधिकारीले “बर्ड फ्लु”बारे हल्ला भ्रम रहेको बताए ।

पत्रकार सम्मेलनमा उनले भने “ हामी मानव स्वास्थ्यमा गम्भिर छौ, सरकारी ल्यावले बर्ड फ्लु घोषणा गर्छ भने हामी नष्ट गर्ने प्रतिवद्धता ब्यक्त गर्छौ । गम्भारो र रानीखेतले मात्र एकैदिनमा कुखुरा मर्छ, हामीलाई प्राप्त पछिल्लो रिर्पोट अनुसार त्यो रानीखेत रोगको कारण कुखुरा मरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै उनले पाँच अरब लगानी रहेको मकवानपुरको पोल्र्टीमा एउटा शब्दले समेत समस्या निम्त्याउने भन्दै मिडियालाई पनि वास्तविकता बुझेर मात्र समाचार संकलनको लागि अनुरोध गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*