औद्योगिक व्यापार मेलालाई लक्षित गरी रिद्धि सिद्धि सिमेन्टले निःसुल्क बस संचालन गर्ने
मकवानपुर उद्योग वाणिज्य संघले यहि फागुन १६ गते देखि २६ गते सम्म हेटौँडा ५ क्याम्पा चौर गर्न लागेको राष्ट्रिय औद्योगिक व्यापार मेला अवलोकनका लागि आउनेहरुलाई निशुल्क बस संचालन गर्न लागिएको छ ।
मेला अवलोकनका लागि आउनेहरुलाई सहज होस भन्ने उदेश्यले हेटौंडा १५ मा रहेको रिद्धि सिद्धि सिमेन्ट उद्योगले हेटौंडाको मुख्य बजारबाट मेला स्थल हेटौंडा ५ क्याम्पा डाँडा सम्म निशुल्क बस संचालन गर्ने भएको हो ।
सोमबार मकवानपुर उद्योग वाण्ज्यि संघको सभाहलमा पत्रकार सम्मेलन गर्दै रिद्धि सिद्धि सिमेन्ट प्रा लिले ३ ओटा बस निशुल्क रुपमा संचालन गर्ने क्षेत्रिय विक्री प्रबन्धक विक्रम खतिवडाले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय चोक, मकवानपुर उद्योग वाणिज्य संघको चोक र सिमाचोक तथा शितलमहल चोकबाट बस सेवा संचालन हुने खतिवडाले बताउनुभयो । उहाँले निशुल्क बस सेवा संचालन गरि दैनिक २ हजार जनालाई प्रत्यक्ष सेवादिने लक्ष्य रहेको पनि खतिवडाले बताउनुभयो ।
संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले रिद्धि सिद्धि सिमेन्ट प्रा लिको कार्यप्रति धन्यवाद दिदै सहकार्य गरि अघि बढ्ने बताउनुभयो ।
संघका कार्यसमिति सदस्य तथा मेलाका यातायात तथा पार्किङ व्यवस्थापन समितिका संयोजक रवि कंडेल शर्माको सभाध्यक्षतामा भएका कार्यक्रममा संघका उपाध्यक्ष कृष्णकुमार गुप्ता, कार्यसमिति सदस्य दीपक उप्रेती, सिमेन्ट उद्योगका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।