नागरिकहरुलाई मुलुकको कानुनका बारे जानकारी भए कानुन बिपरितका काम हुँदैनन्ः मेयर महत
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सबै नागरिकहरुलाई मुलुकको कानुनका बारेमा जानकारी भएमा कानुन बिपरितका काम नहुने बताउनुभएको छ ।
हेटौंडा उपमहानगरपालिकाको आयोजनामा नयाँ मुलुकी संहिता र न्यायीक समिति सम्बन्धी अन्तरकृया कार्यक्रमको आज उध्घाटन् गर्दै उहाँले सबैमा न्यायको पहुँच पु¥याउने बताउनुभयो । हेटौंडाको न्यायकि समितिले धेरै अन्यायमा परेका महिलाहरुलाई न्यायदिन सफल भएको मेयर महतले बताउनुभयो । नगरका १९ वटै वडाका नागरिकलाई भदौ १ गते देखि लागू भएको नयाँ कानुनका बिषयमा जानकारी गराउने उहाँले बताउनुभयो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामाले न्यायकि समितिमा आएका उजरीका अधारमा अन्यायमा परेकालाई न्यायदिन आफु सफल भएको बताउनुभयो ।
उपमहानगरपालिकाले हेटौंडाका बिभीन्न वडामा न्यायकि समिति र नयाँ मुलुकी संहिताका बारेमा जानकारी गराएको छ ।