मानबसेवा आश्रमको भवन निर्माणका लागि अझै २ करोड रुपैयाँ आवस्यक्ता
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा निर्माणाधिन मानव सेवा आश्रमको सहयोगार्थ आजदेखि हेटौंडामा मानवता प्रवर्दन ज्ञान बिज्ञान अनुष्ठान महायज्ञ सुरु भएको छ ।
कार्यक्रमको उध्घाटन् गर्दै प्रदेश तीनका सभामुख सानुकुमार श्रेष्ठले यो पुरै प्रदेशलाई नै सडक मानब मुक्त प्रदेशको रुपमा विकाश गरिने बताउनुभयो । सडक मानव मुक्त जिल्लाको रुपमा मकवानपुरलाई घोषणा गरेसंगै अब हरेक जिल्लामा यही अभियानको सुरुवात गर्नुपर्ने बताउनुभयो ।
यो अभियानले शान्तिको सन्देश फैलाउने उहाँले बताउनुभयो । कार्यक्रममा मकवानपुर क्षेत्रनंमबर २ का सांसद बिरोध खतिवडाले सबै नागरिकलाई खाना, नाना र छानाको ब्यबस्था गर्ने काम कानुनमा उल्लेख भएपनि कार्यनयन नभएकाले मानब सेवा आश्रमले गरेको बताउनुभयो । अब मानब सेवा आश्रमको काम सरकारको भएको बताउनुभयो ।
कार्यक्रममा तीन नंम्बर प्देशका सामाजिक बिकाश मन्त्री युवराज दुलालले प्रदेश सरकारले सामाजिक दायित्वको काम गर्दै आउको बताउनुभयो । यो अभियान अब सरकारको भईसकेको बताउनुभयो । प्रदेश सांसद मुनु सिग्देलले सबैको तिर्थस्थलका रुपमा मानब सेवा आश्रम अगाढी बढेको बताउनुभयो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले मानब सेवा आश्रम सुरु भएदेखि नै बस्नका लागि कोठा भाडा लगायतका सहयोग कार्यालयले गर्दै आएको बताउनुभयो । आश्रमका लागि अभिभाबकको भुमिका खेल्नका लागि आफुहरु तयार रहेको मेयर महतले बताउनुभयो ।
कार्यक्रममा बरिष्ठ हास्यक कलाकार मदनकृष्ण श्रेष्ठले आफुहरुले ब्यक्तिगत रुपमा ५० हजार र संस्थागत रुपमा एक लाख रुपैया सहयोग गर्ने बताउनुभयो । अध्यात्म भन्दा माथी भोको पेट भएकाले यसका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा अर्का हास्यक कलाकार हरिबंश आचार्यले संसार भरी मानब सेवा आश्रमको जस्ते काम गरिनुपर्ने बताउनुभयो । कार्यक्रममा तीन नंम्बर प्रदेशका प्रमुख सचिब आनन्दराज ढकाल, आश्रमका संरक्षक डाक्टर गोबिन्द टंडन, हेटौंडा ९ का वडाअध्यक्ष लक्ष्मण भण्डारी लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
महायज्ञ मुलसमारोह समितिका संयोजक पुरनबहादुर जोसीले आश्रमका लागि १० लाख रुपैयाँ सहयोग गर्नुभएको छ । कार्यक्रम हुनु अगाढी आज बिहान हेटौंडाको त्रिबेणीधामबाट आश्रमको भवन सम्म कलशयात्रा गरिएको थियो ।
मानबसेवा आश्रमको भवन निर्माणका लागि अझै २ करोड रुपैयाँ आबस्यक्ता पर्ने र १० करोड रुपैयाँको अक्षयकोष स्थापनाका लागि महायज्ञ लगाउन लागिएको आश्रमका प्रमुख रामजी अधिकारीले बताउनुभयो । आश्रमको दुईतले भवन निर्माणका लागि ३ करोड रुपैयाँ खर्च भईसकेको र अब २ करोड रुपैयाँ लाग्ने महायज्ञ मुल आयोजक समितिका संयोजक रामजी अधिकारीले बताउनुभयो ।
अनुष्ठानका लागि २५ वटा उपसमिति गठन भईसकेका छन् । आश्रमको भवनमा ५२ वटा कोठा निर्माण गरिने आयोजकले जनाएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेशकुमार सिङलाई स्वागत समेत गरिएको छ ।