भुकम्प पछिको पुर्न्निर्माणमा खटिएका मकवानपुरका प्राविधिकहरु आन्दोलित

छहारी संवाददाता
फाल्गुन १३, २०७५

भुकम्प पछिको पुर्न्निर्माणमा खटिएका मकवानपुरका प्राविधिकहरु आन्दोलित भएका छन् ।

आन्दोलनमा उत्रिएका उनीहरुले आइतबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ र पुर्न्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई (भवन) मकवानपुरका प्रमुख सुदिप आर्चायलाई ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरुले पुर्न्निर्माणसम्बन्धी कार्यलाई प्रभावकारी र पारदर्शी बनाई तत्काल दु्रत गतिमा अघि बढाउन माग गरेका छन् । यसका लागि गाउँ तहसम्म खटिएका प्राविधिकहरुको सुरक्षाको व्यवस्था गर्न माग गरिएको छ ।

प्राविधिकलाई दिंदै आएको भौगोलिक, प्रोत्साहन, यातायात साथै सञ्चार भत्ता मासिक रुपमा उपलव्ध गराउनुपर्ने, प्राविधिकहरुको दुर्घटना, स्वास्थ्य तथा जीवन विमा गरिनुपर्ने, प्राविधिकका लागि तालिमको व्यवस्था हुनुपर्ने र सञ्चयकोषको लागि पहल गरिनुपर्ने माग उनीहरुको छ ।

आफ्ना माग पुरा नभएसम्म सोमबारदेखि पुर्न्निर्माणको काममा नखटिने उनीहरुको चेतावनी छ । आफ्नो मागबारे आन्दोलनरत इन्जिनियरहरुले केन्द्रीय आयोजना कार्यान्वयन इकाई बबरमहल, पुर्न्निर्माण प्राधिकरण काठमाडौं, जिल्ला प्रशासन कार्यालय मकवानपुर र मकवानपुरका सबै स्थानीय तहलाई अवगत गराएको आन्दोलनका संयोजक इन्जिनियर परवेज खानले बताए ।

मकवानपुरमा इन्जिनियर, सव–इन्जिनियर र असिष्टेन्ट सव–इन्जिनियर गरी २ सय प्राविधिक कार्यरत छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*