सोमबारदेखि हेटौंडामा मानवता प्रबर्दन बिज्ञान अनुष्ठान सुरु हुँदै

छहारी संवाददाता
फाल्गुन १३, २०७५

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा निर्माणाधिन मानव सेवा आश्रमको सहयोगार्थ भोली देखि हेटौंडामा मानवता प्रबर्दन विज्ञान अनुष्ठान सुरु हुने भएको छ ।

आज आश्रमको निर्माणाधिन भवनमा पत्रकार समेलन गर्दै भोलीदेखि सुरु हुने कार्यक्रमको सबै तयारी पुरा भएको जानकारी गराईएको हो । भोली बिहान कलशयात्रा हुने र मध्यान्ह १२ बजे अनुष्ठानको उध्घाटन् हुने कार्यक्रम छ ।

मानवसेवा आश्रमको भवन निर्माणका लागि अझै २ करोड रुपैयाँ आवस्यक्ता पर्ने र १० करोड रुपैयाँको अक्षयकोष स्थापनाका लागि महायज्ञ लगाउन लागिएको आश्रमका प्रमुख रामजी अधिकारीले बताउनुभयो ।

आश्रमको दुईतले भवन निर्माणका लागि ३ करोड रुपैयाँ खर्च भईसकेको र अब २ करोड रुपैयाँ लाग्ने महायज्ञ मुल आयोजक समितिका संयोजक रामजी अधिकारीले बताउनुभयो । अनुष्ठानका लागि २५ वटा उपसमिति गठन भईसकेका छन् ।

आश्रमको भवनमा ५२ वटा कोठा निर्माण गरिने आयोजकले जनाएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेशकुमार सिङलाई स्वागत समेत गरिएको छ ।

आज अनुष्ठानका लागि समाजसेबि सिद्धीलाल श्रेष्टले एक लाख रुपैयाँ सहयोग गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*