वनभोज तथा कार्यकर्ता भेला सम्पन्न

छहारी संवाददाता
फाल्गुन १२, २०७५

नेपाली काँग्रेस थाहा नगरपालिकाको आयोजनामा शनिबार थाहानगरस्थित टिस्टुङ वनस्पती उद्दानमा वनभोज तथा कार्यकर्ता भेला सम्पन्न भएको छ ।

काँग्रेस थाहा नगर सभापति योगेन्द्रमान श्रेष्ठको अध्यक्षतामा भएको वनभोज कार्यक्रममा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व जलस्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय डीना, नेपाली काँग्रेस प्रदेश तीनका संसदीय दलका नेता तथा मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँ, प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, पार्टीका निवर्तमान सभापति रघुरमण न्यौपाने, लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष अध्यक्ष हुमानाथ कोइराला, नेपाली काँग्रेस जिल्ला सचिव वुद्द लामा ,काँग्रेस नेता प्रमोद गुरागाईं ,पार्टी जिल्ला सदस्य कृष्णभक्त श्रेष्ठ, महाधिवेशन प्रतिनिधि पवित्रा महत विष्ट, पार्टी २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, काँग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, महिला संघ जिल्ला सचिव निलम देवकोटा, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, पार्टी थाहानगर वडा नम्बर ७ का अध्यक्ष शिवराज थिङ, नेपाल विद्यार्थी संघ बज्रबाराही क्याम्पस उपाध्यक्ष अपेक्षा सुबेदी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा गायिका शुष्मा कार्की, निशा लामा, सुनिल थापा, दिपराज खत्रीलगायतले गीतमार्फत मनोरञ्जन दिलाएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले केपी ओली सरकारले जनताको विश्वास जितेर काम गर्न नसकेको आरोप लगाए । अबको निर्वाचनबाट काँग्रेस पहिलो पार्टी हुने र देशले गति लिने उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १३७ जना नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । जिल्ला प्रतिनिधि तथा महासमिति सदस्य दिनेश उपाध्यायको विशेष संयोजकत्वमा वनभोज तथा कार्यकर्ता भेटघाट कार्यक्रम भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*