शिक्षक संघ हेटौँडानगर समितिको स्थानिय प्रतिनिधि सभा तथा वनभोज सम्पन्न

छहारी संवाददाता
फाल्गुन १२, २०७५

नेपाल शिक्षक संघ स्थानिय कार्य समिति हेटौँडा उपमहानगरपालिका समितिले प्रथम स्थानिय प्रतिनिधि सभा तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बौल्दै नेपाल शिक्षक संघ प्रदेश तीन्का अध्यक्ष नारायण तिमल्सिनाले अहिलेको दुई तिहाईको सरकारले शिक्षकहरुका मागलाई वेवास्ता गरेको बताउनुभयो ।  प्रमुख अतिथि तिमल्सिनाले गाँउ गाँउममा नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरुलाई यो सरकारले पेलेको बताउदै नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरुले डराउन नपर्ने समेत बताउनुभयो ।

कार्यक्रममा प्रदेश तीनका वरिष्ठ उपाध्यक्ष दिपकलाल खतिवडा, आर पि श्रोत व्यक्ति नेत्र घिमिरे, नेपाल शिक्षक संघ मकवानपुर अध्यक्ष रामकुमार अधिकारी, संघ प्रदेश तीनका सदस्य स्वेता कोइराला, संघ चितवन अध्यक्ष डा. हरि कडेल, संघ निर्वतमान केन्दि«य सदस्य तथा हेटौँडा ६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई, संघ मकवानपुर निर्वातमान अध्यक्ष रामरागर गुरागाई, काग्रेस मकवानपुर प्रवक्त प्रदिप कोइराला, काग्रेस मकवानपुर शिक्षा विभाग प्रमुख कृष्ण प्रसाद दाहाल, प्रेस युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी पोष्टराज लगायत संघका जिल्ला ,नगर तथा गाउपालिका शिक्षक प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो।

नेपाल शिक्षक संघ स्थानिय कार्य समिति हेटौँडा उपमहानगरपालिका समितिका अध्यक्ष ज्ञानेन्द« बर्तौलाको सभाध्यक्षतामा भएको कार्यक्रमको संचालन नगर सचिव रञ्जन कठायतले गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*