हेटौंडा १६ र १७ हटियामा वातावरणीय मुल्याङकन प्रभाबका बिषयमा छलफल
हेटौंडा १६ र १७ हटियामा गंगटेखोला सुक्ष्म जलाधार क्षेत्र संरक्षण तथा ब्याबस्थापन समितिको आयोजनामा वातावरणीय मुल्याङकन प्रभाबका बिषयमा आज छलफल कार्यक्रम भएको छ ।
गंगटेखोलामा जलाधार क्षेत्रको संरक्षण् गरेर स्थानिय समुदायको जिबीको पार्जनमा सुधार ल्याउने उदेस्यले कार्यक्रम गरिएको हो ।
संघिय संसदका अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालको प्मुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय सभाका सांसद रामचन्द्र राई, प्रदेस सांसद प्रेमबहादुर पुलामी, वन बिज्ञ पुस्पराज थापा, तीन नंम्बर प्रदेशको उद्योग, वन तथा पर्यटन मनत्रालयका अधिकृत नबराज पुणासैनी लगायतकाले आफ्ना कुराहरु राख्नुभएको थियो ।
कार्यक्रममा यस क्षेत्रका कमल बिष्टको अध्यक्षतामा भएको हो ।