नेपाली राष्ट्रिय क्रिकेट टोलीले फागुन २५ हेटौडामा च्यारेटी म्याच खेल्ने

छहारी संवाददाता
फाल्गुन १२, २०७५

नेपाली क्रिकेटका कप्तान पारस खड्काको नेतृत्वमा राष्ट्रिय खेलाडि सहितको टोलीले मकवानपुरको हेटौँडामा फागुन २५ मा च्यारेटी म्याच खेल्ने भएको छ ।

मकवानपुर क्रिकेट क्लबका सस्थापक निरज श्रेष्ठको उपचारको सहयोगको लागि हुने च्यारेटी म्याचमा मकवानपुर विरुद्ध खड्का नतृत्वको टिमले हेटौँडाको हुप्र खेल मैदानमा प्रतिस्पर्धा गर्नेछ । आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताका आयोजक समितिका संयोजक अनुप प्रसाद सेनुरियाले प्रतियोगिताबाट उठेको सम्पूर्ण रकम हाल भारतमा क्यान्सरको उपचार गराईरहेका श्रेष्ठको थप उपचारमा खर्च गरिने बताए । 

प्रतियोगिताको सहआयोजक समेत रहेको मदन भण्डारी स्र्पोट्स एकेडेमीका अध्यक्ष निरजसिंह ठकुरीले श्रेष्ठको स्वास्थ्य उपचारको पवित्र उदेश्य लिएर गरिएको कार्यक्रममा सबैको सहयोगको अपेक्षा रहेको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै क्यान मकवानपुरका दिपेन्द्र ढकालले मकवानपुरे क्रिकेटमा श्रेष्ठको ठुलो योगदान रहेको भन्दै उनको उपचारमा आफुहरुले यस्तो पहल गरेको बताउन्भयो ।

पत्रकार सम्मेलनमा एकेडेमीका केन्द्रीय सदस्य नविन सिग्देल, जिल्ला खेलकुद विकास समति मकवानपुरका अध्यक्ष माधव तिमल्सीना लगाएतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*