भाषा संस्कृतिको सवालमा सरकार गम्भीर देखिएनः पुर्व मन्त्री आलम

छहारी संवाददाता
फाल्गुन १०, २०७५

रौतहटमा विभिन्न कार्यक्रम गरी विश्व मात्रृ भाषा दिवस मनाइएको छन ।

मात्रृभाषा, सास्कृति समरक्षण प्रवर्दनको लागी कार्य गदै आएका स्थानिय ग्रामिण शिक्षा विकास नेपालले गौरमा आयोजना गरेको बज्जिका भाषा विकास समारोह २०७५ को सम्वोधन गर्दै पुर्व मन्त्री  तथा नेपाली काग्रेसका प्रतिनिधि सभा सदस्य मोहमद आफताव आलमले वर्तमान सरकार भाषा संस्कृतिको सवालमा गम्भीर नभएको आरोप लगाउनु भएको छ ।

लोप हुदै गई रहेको सास्कृति, कल, भेषभुषाको समरक्षण हुनु पर्नेमा जोड दिदै आलमले सरकार मधेशमा द्धवेध चरित्र देखाएको दावी गर्नुभयो । उहाले मधेशी, मुस्लिम, थारु, आदीवासी, जनजाती, उतपिडनमा परेका वर्ग समुदायको दमन गर्ने सरकारको नितिको नेपाली काग्रेसले विरोध गर्ने बताउनुभयो ।

उहाँले रौतहट, बारा, सर्लाही र महोतरीसम्म बोलिने बज्जिका भाषालाई राष्ट्रियकरण गर्न संघिय संसदमा अवाज उठाउने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो । सांसद आलमले सरकारलाई लक्क्षत गर्दै मुलुकमा भ्रष्टाचार, हत्या, बालात्कारको घटना बढेको टिप्पणी गर्नुभयो । निर्मला पन्तको हत्यारालाई पता लगाउन नसक्नु सरकारको ठुलो कमजोरी भएको उहाको भनाई छ ।

कार्यक्रममा पुर्व सासद सुनिल यादवले मधेशको पहिरन, कला, संस्कृतिको जर्गेना हुनु पर्नेमा जोड दिनुभयो । बज्जिका भाषालाई नेपाली भाषाको जस्तै सम्मान दिनु पर्ने बताउदै यसको लागी सवैले अवाज उठाउनु पर्ने धारणा राख्नुभयो ।

रामा यादवको सभापतित्वमा भएको कार्यक्रममा बज्जिका भाषाका जानकार योगेन्द्र यादवले बज्जिकाको इतिहासको वारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपाध्यक्ष राम असिस यादव, वृन्दावन नगरपालिकाका प्रमुख राम स्नेही यादव, गरुडा नगरपालिकाका प्रमुख इन्नु राय यादव, यमुनामाई गाउपालिकाका अध्यक्ष श्रीप्रसाद मुखिया, नेपाल तरुण दलका जिल्ला अध्यक्ष शेख नौशाद आलम, संघिय समाजवादी विधार्थी फोरमका प्रकाश भाई मधेशिया लगायतले बज्जिका भाषाको विकासको साथ साथै मधेशवाट लोप हुदै गएको संस्कृतिको रक्षाको लागी सरकारले ध्यान लिनु पर्ने माग गरेका छन ।

कार्यक्रममा लोप हुदै गएको पहिरन,  गित, झिझिया, जरजटिन, समा चकेवाको झाकी प्रर्दहन समेत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*