पत्रकार माझ प्रिय र नागरिकको नजरमा उत्कृष्ट प्रहरी निरिक्षक थापाको दंगा नियन्त्रण कार्यलय त्रिपुरेश्वरमा सरुवा

छहारी संवाददाता
फाल्गुन १०, २०७५

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दुई वर्षदेखि कार्यरत प्रहरी निरिक्षक मधुकुमार थापाको सरुवा भएको छ ।
मकवानपुरमा रहेर उत्कृष्ट काम गर्दै नागरिकको मन जितेका थापाको काठमाण्डौँ स्थित दंगा नियन्त्रण कार्यलय त्रिपुरेश्वरमा सरुवा भएको हो । आज जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकारसंग भएको भेटमा निरीक्षक थापाले मकवानपुरबाट धेरै अनुभव र माया सङ्गालेर बिदा भएको भन्दै सेवाका क्रममा जहाँ रहे पनि यहाँका नागरिकको मायालाई सदैव कदर गर्ने बताउनुभयो ।

उहाँले आफ्नो फेसबुक पेजमा पनि बाई बाइ मकवानपुर भन्दै करिब दूई बर्ष देखि लगातार मकवानपुर रहेर काम गर्ने मोका पाएको खुशि व्यक्त गर्नु भएको छ भने सहयोग गर्ने सम्पूर्ण सिनियरहरू,  साथीहरु र सन्चारकर्मीहरु सवैलाई धन्यवाद दिनु भएको छ ।

निरीक्षक थापाले सवैको सहयोग, समर्थन र मायाले सधैं ईमान्दार र कर्तव्यनिष्ठ भइ काम गर्ने प्रेरणा मिलेको पनि आफ्नो फेसबुकमा लेख्नु भएको छ । मकवानपुरका पत्रकारबाट पनि धेरै माया र साथ पाएको भन्दै उहाँले मकवानपुरे पत्रकारीताको खुलेर प्रशंसा गर्नुभयो ।

गत पुस २५ गते हत्या गरीएका संचारीकर्मी एवं शिक्षक मनोहर ढकालका हत्यारा पत्ता लगाउन सफल भएदेखि  थापा झनै पत्रकार माझ प्रिय र नागरिकको नजरमा उत्कृष्ट प्रहरी निरिक्षकका रुपमा चिनिनुहुन्थ्यो । 

मकवानपुर जिल्लामा हुने विभिन्न खाले आपराधिक कार्य न्यूनिकरण गर्न अहोरात्र खटिने प्रहरी निरिक्षक थापा प्रदेश ३ प्रहरी कार्यालय हेटौडाबाट गत वर्ष र यस वर्ष गरी दुइ पटक उत्कृष्ट प्रहरीको सम्मानबाट सम्मानित हुनु भएको थियो भने मध्यक्षेत्रीय प्रहरी कार्यालयमा रहँदा उत्कृष्ट प्रहरीको अबार्ड प्राप्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*