पत्रकारको सुरक्षालाई समेत प्रहरीले विशेष ख्याल राख्नेछः जिप्रका मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंह

छहारी संवाददाता
फाल्गुन १०, २०७५

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले कुनै पनि आवरणमा हुने आपराधिक कार्यमा प्रहरीले कारवाही गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

मकवानपुरमा सरुवा भई आउनु भएका प्रहरी उपरीक्षक पहिलो पटक कार्यालयमा पत्रकार सम्मेलन गर्दै यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले आपराधिक गतिविधि र गुण्डागर्दी नियन्त्रण आफ्नो पहिलो प्राथमिकतामा रहने भन्दै जिल्लावासीलाई ढुक्क आस्वस्त पार्नुभएको छ ।

उहाँले जिल्लामा शान्ति सुरक्षा कायम गर्न कुनै कसुर बाँकी नराख्ने भन्दै पत्रकारको सुरक्षालाई समेत प्रहरीले विशेष ख्याल राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।   

शान्ति सुरक्षा कायम गर्न नागरिकको भुमिका पनि उत्तिकै महत्वपूर्ण हुने भन्दै सिंहले सहयोगका लागि नागरिकसंग अपिल समेत गर्नुभयो ।

यसअघि मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङ प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा भई सरुवा भएपछि मकवानपुरमा मुकेश कुमार सिंह प्रहरी उपरीक्षकका रुपमा आउनु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*