महिला जनप्रतिनिधिहरुका लागि सुरक्षित गर्भपतन सम्बन्धी जानकारी मुलक तालिम
हेटौंडा उपमहानगरपालिकाले महिला जनप्रतिनिधिहरुका लागि सुरक्षित गर्भपतन सम्बन्धी जानकारी मुलक तालिम दिएको छ ।
कार्यक्रमको उध्घाटन् गर्दै हेटौंडा उपमहनागरपालिकाका मेयर हरिबहादुर महतले महिलाहरुलाई गर्भपतन नै नगर्ने अबस्था सृजना गरिनुपर्ने बताउनुभयो । गर्भपतन गर्नु भन्दा पहिले नै सन्तानको रहर पुगेपछी स्थायी बन्ध्याकरण गरिनुपर्ने उहाँको भनाइ छ ।
सुरक्षितको सेवा सुरु भएपछी कुनै कारणबस सन्तान गर्भमा बस्न गएमा तोकिएका सुरक्षित स्थानमा गएर मात्र महिलाहरुले गर्भपतन गराउनुपर्ने मेयर महतले बताउनुभयो ।
महिलाहरुको स्वास्थ्यलाई ख्याल गर्दै नगरका हरेक स्थानमा स्वास्थ्य शिबीर संचालन गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुणासैनीले सुरक्षित गर्भपतनको सेवाका बारेमा अझैपनि बिकट गाउँघरमा जानकारी गराउनुपर्ने बताउनुभयो । हे
टौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामाले सुरक्षित गर्भपतन सेवाका कारण धेरै सन्तान जन्माउने परिपार्टीको न्युनिकरण भएको बताउनुभयो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका बिभीन्न वडाबाट बिजयी भएका महिला जनप्रतिनिधिहरु र केही सामाजिक क्षेत्रका महिलाहरुको सहभागिता रहेको थियो ।