प्रदेशको राजधानी हेटौंडा नै हुने प्रदेश तीनका मुख्यमन्त्री पौडेलको भनाई
प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी हेटौंडा नै कायम गरेर स्थायीत्व दिने बताउनुभएको छ ।
रेडियो थाहा संचारको बार्षिक उत्सबका अबसरमो बोल्दै मुख्यमन्त्री पौडेलले हतारमा राजधानी तोकिएको भए यहाँ नहुने भएकाले ढिलो भएपनि हेटौंडानै स्थायत्वि दिने बताउनुभयो । राजमार्गको सडक बजार क्षेत्रबाट नजाने भएकाले बाईपास सडकलाईनै राजमार्गको रुपमा बिकाश गरिने बताउनुभयो ।
शिङगो शहरलाई मरुभुमिकरण बनाउन नहुने भएकाले राजमार्गलाई बजार बाहिरबाट लैजानेगरी काम गर्न लागिएको बताउनुभयो । हेटौंडाको बजार नभत्काउने पक्षमा स्वयं प्रधानमन्त्री केपी ओली, पुर्ब प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड समते रहेको बताउनुभयो ।
हेटौंडालाई सुन्दर शहर बनाउनेगरी बिकाश गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो–पहिलेपनि बजार भत्काएमा डोजरको अगाढी बस्छु भनेर आफुले भनेर बजार भत्काउन नदिएकाले अब पनि भत्काउन नदिने बताउनुभयो । शुन्दर शहर निर्माण गर्नका लागि आफुले बजार क्षेत्रबाट सडकको दायाँ बाँया १६–१६ मिटर मात्र भत्काउने भनेर निणय गरिएको बताउनुभयो ।
कार्यक्रममा रेडियो थाहा संचारले डाक्टर तारालाल श्रेष्ट, र मुर्तिकार लक्ष्मण भुजेललाई सम्मानित गरेको छ ।
रेडियो थाहा संचारका अजयराज सुमार्गीले स्वागत गर्नुभएको कायृक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष कृष्ण कटुवाल, उद्योग संघ मकवानपुरका अध्यक्ष नबराज अर्याल, नारायणी यातायात ब्याबसायी संघ हेटौंडाका अध्यक्ष हिरालाल श्रेष्ट लगायतकाको आतिथ्यता रहेको थियो ।