मुलुकको समृद्धि हुँदा मात्र प्रजातन्त्रले सार्थकता पाउछ– मुख्यमन्त्री पौडेल

छहारी संवाददाता
फाल्गुन ७, २०७५

तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकले समृद्धिको लक्ष्य हासिल गर्न सक्दा मात्र प्रजातन्त्रले सार्थकता पाउने बताउनुभएको छ ।

स्थापनादेखी संघिय लोकतान्त्रिक गणतन्त्रसम्म आईपुग्दा नेपाली जनताले गरेको त्याग, संघर्ष र बलिदानीप्रति साँचो अर्थमा सम्मान उहाँले बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र दिबश मुल समारोह समिति प्रदेश ३ को आयोजनाामा भएको कार्यक्रमलाई संबोधन गर्दै उहाँले “सुखी नेपाली, समृद्ध नेपाल” को अभियान सार्थक बनाउन लागिपर्नका लागि आग्रह गर्नुभयो ।

संविधान अनुसार संघ, प्रदेश र स्थानिय गरी तिनै तहका सरकार यतिबेला मुलुकलाई समृद्धीबो बाटो तर्फ लैजानका लागि काम गरिरहेका छन् । देशको ईतिहासमै पहिलोपटक अभ्यासमा आएको प्रदेश सरकार अनेकन चुनौतिको बापजुद “सुखी नेपाली, समृद्ध नेपाल” अभियानको सार्थक कार्यान्वयका लागि दृढतापुर्वक लागिपरेको मुख्यमन्त्री पौडेलले बताउनुभयो । 

पुर्वाधार विकास, कृषिको आधुनिकिकरण, पर्यटन क्षेत्रको विस्तार एवम् प्रर्वद्धन, युवा उद्यमशिलताको विकास, लगानी एवम् उद्योगमैत्री वातावरणको निर्माण आदी मार्फत समृद्धिको लक्ष्य हासिल गर्न सकिने उहाँले बताउनुभयो ।

अहिले विकास र समृद्धि नेपाली मिडिया र बौद्धिक वृतमा केन्द्रीय बहसको विषय बन्न थालेको उहाँले बताउनुभयो । विकासको जस लिन हानथाप हुन थालेको बताउनुभयो । केहि गर्न सकिन्छ, यो देश बन्छ बनाउन सकिन्छ भन्ने धारणाको विकास भएको बताउँदै उहाँले– सानो देशका गरिब जनता भन्ने हिन भावनाबाट मुक्ति मिलेको छ ।

भुगोल सानोठुलो होला, स्वाधिनता र स्वाभिमान समान हुन्छ भन्ने मान्यता स्थापित भएको छ । युवाहरु उद्यमशिलतातर्फ आकर्षित भएका छन् । विदेश जानेक्रम कम भएको छ ।’ योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम जस्ता घोषणा कार्यान्वयनले नयाँ उर्जा र उत्साहको सञ्चार गरेको उहाँले बताउनुभयो । यि अभियानहरु पुर्णरुपमा कार्यान्वयन हुनेछन्, नेपाली जनताको वर्षौदेखीको सपना पुरा हुने बताउनुभयो ।

कार्यक्रममा तीन नंम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्टले अब ब्यक्तिको भन्दा पनि बिधीको शाशनका लागि सबै लागिपनुपर्ने बताउनुभयो । सबै क्षेत्रबाट समृद्धीतर्फ उन्मुख हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा तीन नंम्बर प्रदेशका आन्तिरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेल, आर्थिक मामिला ताथ योजना मन्त्री कैलाश प्रसाद ढुंगेल, उद्योग, पर्यटन तथा वन मन्त्री अरुण नेपाल, प्रदेश सांसदहरु मुनु सिग्देल, जुनेली श्रेष्ट, प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रमुख सचिब आनन्दराज ढकाल, समन्वय समितिका उपप्रमुख भगवती पुणासैनी, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, बिभीन्न मन्त्रालयका सचिबहरु लगायतकाको उपस्थिती रहेको थियो ।

कार्यक्रम हुनु अगाढी हेटौंडाको भुटनदेबि चौरबाट प्रभातफेरी सहितको ¥यालीले हेटौंडा बजार परिक्रमा गरेर मुख्यमन्त्री कार्यालयमा आएर सभामा परिणत भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*