हेटौंडा ३ मिलनटोल वासिन्दाले भोग्दै आएको खानेपानीको समस्या अब समाधान हुने
हेटौंडा ३ मिलनटोलमा खानेपानीमा बषौ अघिदेखि स्थानिय वासिन्दाहरुले भोग्दै आएको समस्या समाधान हुने भएको छ ।
मिलनटोलमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले खानेपानी ट्याङकीको सिलान्यास गरेसंगै यसक्षेत्रमा पानीको समस्या हट्ने भएको हो । कुल १३ लाख रुपैयाँ लागतमा बोरिङ गरेर निकालीएको पानी एक लाख लिटर सम्म संचित गर्न मिल्ने भएपछी खानेपानीको समस्या हट्ने भएको मेयर महतले बताउनुभयो ।
उपमहानगरपालिकाको १० लाखरुपैयाँ र स्थानियको ३ लाख रुपैयाँ लागतमा खानेपानी टंकि निर्माण गर्न लागिएको हो । गत बर्ष उपमहानगरपालिकाले खानेपानीको बोरिङ गरेर पानी निकालेको यो क्षेत्रमा अहिले भने यही पानीलाई ट्याङकीमा हाल्न लागिएको हो ।
हेटौंडाका साबिकका ११ वटा वडामा अब खानेपानीको समस्या नभएको बताउँदै मेयर महतले अब पछी थपीएका अरु वडामा खानेपानीबाट कोहीलाई पनि बन्चित हुन नदिने मेयर महतले बताउनुभयो ।