मकवानपुरलाई सहयोगापेक्षि सडक मानब मुक्त जिल्ला घोषणालाई कार्यन्वयनमा ल्याउन उपसमिति गठन
मकवानपुर जिल्लालाई सहयोगापेक्षि सडक मानब मुक्त जिल्ला घोषणाको कामलाई कार्यन्वयनमा ल्याउन उपसमिति गठन गरिएको छ ।
जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुणासैनीको संयोजकत्वमा नौ सदस्य उपसमिति गठन गरिएको हो । मानबता प्रबर्दनका लागि काम गर्नेगरी कार्यबिधि नबनेसम्मका लागि यो तदर्थ समिति गठन गरिएको समन्वय समितिका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो ।
यो समितिले घोषणा कार्यनयनका लागि कार्यबिधि तयार पारेर काम संचालन गर्नेछ । समितिमा हेटौंडा उपमहानगरपालिकाका प्रतिनिधि, सिबीन नेपाल, मानब सेवा आश्रम, मामाघर नेपालका प्रतिनिधि लगायतका रहेका छन् ।