मकवानपुर गढी गाउँपालिका ५ मा नबिकरण नगरिएका क्रसर उद्योगहरुद्धारा सामरी खोला दोहन
नबिकरण नगरिएका क्रसर उद्योगहरुले मकवानपुर गढी गाउँपालिका वडा नम्बर ५ सामरी खोलाको दोहन गरिरहेका स्थानियले बताएका छन् ।
गढी गाउँपाकिलाको सिमल्टार र भैसे गाउँपालिकाको बुङदलमा संचालनमा रहेका क्रसर उद्योगहरुले अबैध रुपमा एक्साभेटरको प्रयोगले उत्खनन् गरिरहेको पाइएको हो । गढी गाउँपालिकाको आमभन्ज्याङ एग्रिगेट, साईबाबा क्रसर उद्योग र भिमफेदी गाउँपालिकाको सगरमाथा रोडा ढुंङगा उद्योगले सामरी खोलमा अबैध रुपमा उत्खनन् गरिरहेको स्थानिय प्रतक्षदर्शीको भनाई छ ।
यी तीन वटै क्रसर उद्योगहरुले सामरी पुल देखि माथी सिमल्टार सम्मको खोलामा आईई नगरेको क्षेत्रमा पनि उत्खनन् गरिरहेका भेटएको छ । आईई गरेका क्षेत्रमा पनि मापदण्ड बिना खोलाको उत्खनन् भईरहेको छ । आईई रिपोर्टमा उल्लेख गरिएका कुनैपनि सर्तहरु पालना नगरिकन खोलाका ठाउँ ठाउँमा उत्खनन् गरिएको छद्ध ।
आईई रिपोर्टमा उत्खनन् गर्ने क्षेत्रको चार किल्ला प्रमाणित गरेर मात्र कती गहिराईमा उत्खनन् गर्ने भन्ने कुराको प्रमाणित हुनुपर्दछ । तर क्रसर उद्योगले आईईमा भएको परिणाममा भन्दा पनि तोकिएको क्षेत्रबाट बढी उत्खनन् गरिरहेका छन् ।
यता जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख तथा जिल्ला अनुगमन समितिका संयोजक रघुनाथ खुलाल आईई रिपोर्ट बिपरित उत्खनन् गर्न नमिल्ने बताउनुहुन्छ । जथाभाबि रुपमा उत्खनन् गरिएको पाइएमा एक्साभेटरहरु जफथ हुने र जरिवाना समेत गरिने उहाँले जानकारी दिनुभयो ।
यसमा पहिले गाउँपालिकाले अनुगमन गर्नुपर्ने र त्यसपछी थप समन्वय समितिले अनुगमन गरिने बताउनुभयो । क्रसर उद्योगहरुले मापदण्ड बिपरित उत्खनन् गरेका सामाग्री आफ्ना प्राङगनमा थुपारेर राखेका छन् ।