जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरले यहि फागुन २४ र २५ गते सहकारी संचालक कार्यशाला गोष्ठी २०७५ आयोजना गर्ने

छहारी संवाददाता
फाल्गुन ६, २०७५

जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरले बचत तथा ऋण सहकारीहरु मर्फत उत्पादन तथा उद्यम प्रवद्र्यनका लागि “सहकारी संचालक कार्यशाला गोष्ठी २०७५” गर्ने भएको छ।

जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष राधा स्याङतानले आज हेटौँडाको न्युज क्लब नेपालमा पत्रकार सम्मेलन गरी यहि फागुन २४ र २५ हेटौँडाको सामना होटलमा गोष्ठि आयोजना गरिने जानकारी दिनु भएको हो ।

सहकारी संस्थाका संचालकहरुको व्यक्तित्व विकास गर्ने, नेतृत्व क्षमता विकास गर्ने, ऐन तथा कानुनका बारेमा सुसुचित गर्ने, सहकारी अभियानको प्रवद्र्यन र सुदृढीकरणमा उद्यम तथा व्यवसायको भुमिकाको महत्व बोध गराउने, संयुक्त राष्ट्र सघंले अघि सारेको दिगो बिकास लक्ष्य प्राप्तीमा सहकारीको योगदान बढाउन मार्गदर्शन गर्ने, सहकारी संस्था र जिल्ला बचत सघं बिच सहयोग, समन्वय र सहकार्यको वातावरण निर्माण गर्ने उदेश्यले गोष्ठी गर्न लागिएको जिल्ला बचत तथा ऋण सहकारी संघकी सचिव कल्पना श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

कर्यक्रममा हेटौँडा उपमहानगरपालीका मेहर हरि बहादुर महत, जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरका व्यवस्थापक सुमित्रा वाईवा, सञ्चालक विष्णुमाया लामा लगाएतको उपस्थिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*