अब थाहा थिएन, जान्दीन भनेर कसैले पनि कानुनबाट छुट्कारा पाउँदैनन्ः हेउपा मेयर महत

छहारी संवाददाता
फाल्गुन ६, २०७५

हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हरेक वडाका नागरिकलाई भदौ एक गते देखि लागू भएको नयाँ कानुनका बिषयमा जानकारी गराउने बताउनुभएको छ ।

आज उपमहानगरपालिकाले हेटौंडा ७ मा आयोजना गरेको कानुनी अनुशिक्षण कार्यक्रमको उध्घाटन् गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

मेयर महतले कानुनी रुपमा बलियो भए नागरीक दबिएर बस्नुपर्ने समस्या नआउने बताउनुभयो ।

थाहा थिएन जान्दीन भनेर कानुनबाट कसैले पनि छुट्कारा नपाउने भएकाले यस तर्फ सचेत गराउने उदेश्यले कानुनी अनुशिक्षण कार्यक्र गरीएको हो ।

उपमहानगरपालिकाले हेटौंडाका १९ वटै वडाका नागरिकलाई कानुनका बारेमा जानकारी दिदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*