चौथो अङ्ग संचार क्षेत्रले अरु तीन अङगलाई सचेत गराउने काम गर्नुपर्छः प्रदेश तीनका मुख्यमन्त्री पौडेल

छहारी संवाददाता
फाल्गुन ६, २०७५

प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले मुलुकको चौथो अंङ्ग संचार क्षेत्रले अरु तीन वटा अङगलाई सचेत गराउने काम गर्नुपर्ने बताउनु भएको छ ।

प्रेसचौतारी र प्रेश सेन्टर मकवानपुरको आयोजनामा बृहत पत्रकार भेटघाट तथा वनभोज कार्यक्रममा मुख्यमन्त्री पौडेलले संचार क्षेत्रले सरकारको समृद्ध नेपाल, सुखी नेपालीको नारालाई व्यवहारमा कायान्वयन गर्ने गरी कलम चलाउनुपर्ने समेत बताउनुभयो ।

हरेक कुरामा सरकारको बिरोध गर्नुभन्दा सचेत गराउने गरी कलम चलाउन पनि उहाँले संचारकर्मीलाई आग्रह गर्नुभयो । अबको समाज भ्रष्टाचार मुक्त समाज निर्माण गर्नका लागि सबै लाग्नुपर्ने बताउँदे उहाँले भन्नुभयो– अहिले तीन नंम्बर प्रदेशमा पैसा कमाउन पाईदैन भनेर पनि कर्मचारीहरु आउन मानेका छैनन । प्रदेश  दुई र प्रदेश सातमा कर्मचारी गईरहेका छन् ।’ अहिले पनि संघियतालाई आत्मसाथ गर्न नसक्दा समस्या बढ्दै गएको बताउनुभयो ।

पार्टी भित्रका सबै संघ सबै संघ संगठनहरुलाई तल्लो तहसम्म पु¥याउनु अहिलेको आबश्यक्ता रहेको पनि मुख्यमन्त्री पौडेलले बताउनुभएको छ ।  

कार्यक्रममा तीन नंम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकटेलले पत्रकारिता क्षेत्रमा काम गर्न सक्नेगरी अबका बर्षहरुमा बजेट छुट्याउन पहल गर्ने बताउनुभयो । पत्रकारहरु संवेदनशिल भएर कलम चलाउनुपर्ने भन्दै उहाँले सत्य र न्यायका पक्षमा उभिने पत्रकारहरुप्रति आफु संवेदनशिल रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश तीनका आर्थिक मामिला तथा योजना मनत्री कैलाश ढुंगेलले पत्रकारले आग्रह पुर्बाग्रह नराखी जे देखिन्छ त्यो समाचार बनाउनु पर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश सदस्य कुमारी मोक्तान, पत्रकार महासंघ तीन नंम्बर प्रदेशका अध्यक्ष प्रताप विष्ठ, ब्रोकाष्टिङ एसोसियशन अफ नेपाल बानका उपाध्यक्ष उज्वल चौलागाई, महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, प्रेशचौतारी नेपालका केन्द्रीय सदस्य शिवकुमार कासी, प्रेशचौतारीका बालकृष्ण अधिकारी लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

प्रेश सेन्टर मकवानपुरका अध्यक्ष नानी मैया बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य केदार न्यौपाने, प्रदेश सांसदहरु मुनु सिग्देल, प्रेमबहादुर पुलामी, जुनेली श्रेष्ट, नेकपा मकवानपुरका नेताहरु बद्री लंसाल, श्रीधर पोख्रेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुणासैनी लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*