प्रविधिमैत्री शिक्षक समाज नेपालको अधिवेशन फागुन २५ गते हेटौँडामा

छहारी संवाददाता
फाल्गुन ५, २०७५

प्रविधिमैत्री शिक्षक समाज नेपालले आगामी फागुन २५ गते प्रदेश ३ को अस्थायी राजधानी हेटौँडामा अधिवेशन गर्ने भएको छ।

आज हेटौँडाको न्युज क्लव नेपालमा पत्रकार सम्मेलन गरि प्रविधिमैत्री शिक्षक समाज नेपाल मकवानपुरका संयोजक जिवन तिमल्सीना आफ्नो क्षेत्र देशभर विस्तार गर्ने उदेश्यका साथ अधिवेशन गर्न लागिएको जानकारी दिनुभयो । 

अधिवेशनमा प्रविधि सम्बन्धीत सुचना सञ्चार दिने सफ्टयरहरु समेत प्रस्तुत गरिने तिमल्सीनाले बताउनुभयो ।

यस्तै कार्यक्रममा प्रविधिमैत्री शिक्षक समाज नेपालका केन्द्रीय सचिव देवी प्रसाद शर्माले नेपालभरका सम्पुर्ण विद्यालयका शिक्षकहरुलाई प्रविधिमैत्री बनाउने, विद्यालयलाई आईसिटि मैत्री बनाउने र विद्याथीहरुको मुल्याङकन प्रविधिमैत्री बनाउने उदेश्यका साथ आफुहरु अघि बढेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका प्रविधिमैत्री शिक्षक समाज नेपालका केन्द्रीय अध्यक्ष भुपति बश्यालले विद्यालयहरुमा प्रशासनिक कार्यहरुको लागि प्रविधिमैत्री शिक्षकहरुको आवश्यक रहेको बताउनु भएको थियो ।

प्रविधिमैत्री शिक्षक समाज नेपाल एक प्रविधिमा रुचि राख्ने, एक अभिभावक बच्चाहरुको चाहना पुरा गर्ने संस्था रहेको उहाँको भनाई छ । 

पत्रकार सम्मेलनमा प्रविधिमैत्री शिक्षक समाज नेपालका केन्द्रीय सदस्य शोभा कोईरला, आइसिटिका प्रमुख मोहन राहुत लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रविधिमैत्री शिक्षक समाज नेपालले आजै मात्र हेटौँडाको राष्ट्रिय आधुनिक माविमा विभिन्न ठाउँका शिक्षकहरुसगं अन्तरक्रिया कार्यक्रम गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*