हेटौंडा १४ मयुरधापमा शहरी स्वास्थ्य केन्द्रको आज उध्घाटन्

छहारी संवाददाता
फाल्गुन ५, २०७५

स्थानिय नागरिकलाई आफ्नै टोल टोलमा स्वास्थ्य सेवा दिने उदेस्यले हेटौंडा १४ मयुरधापमा शहरी स्वास्थ्य केन्द्रको आज उध्घाटन् गरिएको छ ।

केन्द्रको उध्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हरेक नागरिकले आफ्नै टोलमा उपचार पाउनका लागि स्वास्थ्य संस्थाको स्थापना गरिएको बताउनुभयो । हेटौंडाको हटियापछी मयुरधापमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेर आजबाट संचालनमा ल्याइएको हो ।

यस वडा र आसपासका क्षेत्रका नागरिकलाई आफ्नै टोलमा स्वास्थ्य सेवा दिनका लागि आफुहरु तयार रहेको मेयर महतले बताउनुभयो ।

स्थानिय बिद्यालयको भवनबाट अहिले स्वास्थ्य सेवा दिन सुरु गरिएपनि अब पछी भने स्वास्थ्य केन्द्रको भवननै निर्माण गरेर काम थालिने उहाँले बताउनुभयो । उपमहानगरपालिकाले स्वास्थ्यकर्मीहरु राखेर बिरामीको उपचार दिन सुरु गरिसकेको हेटौंडा १४ का वडाअध्यक्ष दिपक खड्काले बताउनुभयो ।

यसैगरी महिलाहरुको पाठेघर र स्तन क्यान्सरमा सम्बन्धमा आज मयुरधापमा शिबीर गरिएको छ । हेटौंडाका बिभीन्न वडा पछी आज मयुरधापमा स्वास्थ्य शिबीर गरिएको हो । उपमहानगरपालिकाको आर्थिक सहयोग, नेपाल नर्सिङ संघ मकवानपुरको आयोजना तथा नेपाल परिवार नियोजन संघको सहकार्यमा आज चुरीयामाइृमा स्वास्थ्य शिबीर गरिएको हो ।

शिबीरको उध्घाटन् गर्दै उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले महिलाहरुको पाठेघर तथा स्तन क्यान्सर रोगको समस्या धेरै देखापरेपछी उनिहरुको स्वास्थ्यलाई ख्याल गर्दै उपचारको अभियान संचालन गरेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*