सडकमा कष्टकर जिवन विताउन बिवस नागरिकको उद्धारका लागि गाढी हस्तान्तरण
प्रदेश ३ सरकारले सडकमा कष्टकर जिवन विताउन बिवस नागरिकको उद्धारका लागि एउटा गाढी हस्तान्तरण गरेको छ ।
प्रदेश ३ का मुख्यमन्त्री डारमणि पौडेलले सडकबाट उद्धार गर्न, उपचारका लागि अस्पताल सम्म लैजानका लागि दिइएको गाढीको साँचो जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललाई हस्तान्तरण गर्नुभएको हो ।
यसैगरी आजैबाट हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उपमहानगरपालिकाले गर्ने केही सिफारिसबाट १० रुपैयाँका दरले संकलन गरेर मानब सेवा आश्रमलाई हस्तान्तरण गरिने बताउनुभयो ।
उपमहानगरपालिकाले एक हजार स्क्वायर फिट सम्मको नक्सा निशुल्क बनाउने गरेकोमा अब दुईसय रुपैयाँका दरले संकलन गरेर सडकबाट उद्धार गरिएका नागरिकका लागि आश्रम मार्फत सहयोग गर्ने मेयर महतले बताउनुभयो ।
आश्रमको मानविय कार्यमा उपमहानगरपालिकाले यसअघि पनि सहयोग गर्दै आएको र अबपनि सहयोग जारी राख्ने उहाँले बताउनुभयो ।