मकवानपुर, सहयोगापेक्षि सडक मानव मुक्त जिल्ला घोषणा (फोटो फिचर)
मकवानपुरलाई सहयोगापेक्षि सडक मानव मुक्त जिल्ला घोषणा गरिएको छ ।
प्रदेश ३ का मुख्य मन्त्री डोरमणी पौडेलले आज हेटौडामा आयोजित विशेष कार्यक्रकाका बिच मकवानपुरलाई सहयोगापेक्षि सडक मानव मुक्त जिल्ला घोषणा गर्नुभएको हो । विभिन्न कारणले मानसिक संतुलन गुमाएर सडकमा बस्न बिवस नागरिकलाई अब उद्धार गरेर आश्रममा राख्ने अभियान अनुसार सडक मानब मुक्त जिल्ला घोषणा गरिएको हो ।
जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा मानबिय जागरण अभियानमा सहभागि बनौ भन्ने मुल नाराका साथ हेटौंडामा बाजा बजाएर यसको घोषणा गरिएको हो । अहिले हेटौंडाको दुईस्थानमा मानसिक संतुलन गुमाएकाहरुलाई मानब सेवा आश्रममा राखिएको छ । अरु पाँच वटा बृद्धाश्रममा बृद्धाबृद्धाहरुलाई राखिएको छ ।
कार्यक्रममा नेकपाका नेता केदार न्यौपाने, प्रदेश सरकारका प्रमुख सचिब आनन्दराज ढकाल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, पशुपति बिकाश कोषका सचिब प्रदिप बस्याल, मानब सेवा आश्रमका संरक्षक डाक्टर गोबिन्द टंडन लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख भगवती पुणासैनीले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा तीन नंम्बर प्रदेशका सांसदहरु कुमारी मोक्तान, मुनु सिग्देल, जुनेली श्रेष्ट, प्रेमबहादुर पुलामी, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, गाउँपालिकाका अध्यक्षहरु लगायतकाको सहभागिता रहेको थियो ।
हेटौडाको भुटनदेबि चौरबाट सुरु गरिएको घोषणा कार्यक्रमको ¥याली बजार क्षेत्रको परिक्रमा गरेर पल्पसा हलमा पुगेर सभामा परिणत भएको थियो ।