नेपाल पत्रकार महासंघ प्रदेश तीनका अध्यक्षहरुलाई महासंघ मकवानपुरद्धारा स्वागत तथा सम्मान
नेपाल पत्रकार महासंघ मकवानपुरले प्रदेश तीनका पत्रकार महासंघका अध्यक्षहरुको भेलामा सहभागिहरुलाई स्वागत तथा सम्मान गरेको छ ।
महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले प्रदेश कमिटी र प्रदेशभरीका अध्यक्षहरुलाई माला लगाएर सम्मान गर्दै मायाँको चिनो प्रदान गरेको हो ।
कार्यक्रममा बोल्दै न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले सरकारले लागू गरेको श्रमजिवी पत्रकार ऐन कार्यनयमा ल्याउनुपर्ने बताउनुभयो । बषौ अघिदेखिका श्रमजिवीका समस्याहरु जहाँको तही भउकाले अब सबैक्षेत्रबाट लाग्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यहरु द्धारीका काफ्ले, कृष्ण गिरी, नेपाल पत्रकार महासंघ प्रदेश तीनका अध्यक्ष प्रताप बिष्ट, १० जिल्लाका पत्रकार महासंघका अध्यक्षहरु, प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु लगायतकाको सहभागिता रहेको थियो ।
यसअघि आजै सबै पत्रकारको टोलीले प्रदेश तीनका आन्तरिक मामिला तथा कानुन मनत्री शालिकराम जम्कटेलसंग पनि भेटघाट गरेको थियो ।