बागमती गाउँपालिकामा सोनाम ल्होसार पर्वमा सार्वजनिक विदा
पूर्वी मकवानपुरको बागमती गाउँपालिकाले तामाङ्ग समुदायको नयाँ बर्ष सोनाम ल्होसार पर्वमा सार्वजनिक विदा दिएको छ ।
अध्यक्ष सर्केश घलानको अध्यक्षतामा माघ ९ गते बसेको गाउँ कार्यपालिकाको बैठकले २८५५ औं सोनाम ल्होसारमा विदा दिने निर्णय गरेको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले सूचना प्रकाशित गर्दै गाउँपालिकाभित्र रहेको सबै सरकारी कार्यालय र विद्यालयहरु उक्त दिन बन्द रहने जनाएका छन् ।
बागमती गाउँपालिकामा करिब ६० प्रतिशत बढी तामाङ्ग समुदायको बसोबास रहेको छ । सोनाम ल्होसारका अवसरमा बिदा घोषणा गरेपछि स्थानीयबासीमा खुशी छाएको छ ।