गाई मारेको आरोपमा मकवानपुरका तीनजना पक्राउ
जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाई मारेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ ।
मकवानपुरको बकैया गाउँपालिका १२ निगालेका ५४ वर्षीय कृष्णबहादुर गोले, १८ वर्षका बिजय न्यासुर र १८ वर्षकै सुवास टुप्पालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी वुद्धिराज गुरुङले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलन गरि उनीहरुलाई सार्वजनिक गरेको हो ।
नेपालमा गाई मार्नु अपराध मानिन्छ । उनीहरुलाई अधिकतम ३ वर्षसम्म कैद हुनसक्ने ब्यवस्था समेत रहेको छ । उनीहरुमाथि थप अनुसन्धान भैरहेको एसपी गुरुङले बताउनुभयो ।