मकवानपुर गढि विजयत्सव सम्पन्न (फोटो फिचर)
मकवानपुर / राष्ट्रपति विद्यादेवी भण्डारीले हेटौडामा रहेको सहिद पार्कले यस क्षेत्रको विकासको लागि सहयोग पु¥याएको बताउनु भएको छ । आज मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा २५६ औ विजय त्सवको उद्घघाटन गर्न आउनु भएर्की भण्डारीले यस्तो बताउनु भएको हो ।
नेपालको राष्ट्रिय अखण्डतामा मकवानपुरगढीको ऐतहासिक महत्व रहेको भन्दै यसको संरक्षण र विकासमा राज्यको योगदान आवश्यक रहेको उनको भनाई थियो ।
भौगोलिक अवस्थाले गर्दा केहि पर्यटकीय क्षेत्र ओझेलमा पारेको भन्दै अब त्यस्ता क्षेत्रको खोजी गरि विकास गरिने बताउनु भयो । दिगो विकासका लागि त्यही अनुसारको प्रविधि र सिपको प्रयोग गर्नुपर्ने राष्ट्रपति भण्डारीको भनाई थियो ।
उहाँले कृषिको आधुनिकिकरण र यान्त्रिकिकरण गर्दै देशमा रोजगार सिर्जना गर्न सकिने भएकाले त्यसतर्फ लाग्न पनि आग्रह गर्नुभयो । कार्यक्रममा भण्डारीले मकवानपुर गढीमा झण्डोतोलन गर्नुका साथै नेपालको नक्सा अंकित स्मारकको अनावरण गरेकी बताउनु भयो ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले मकवानपुरगढीको संरक्षणमा योगदान पुर्याउनु हुने केदार प्रसाद न्यौपाने, बन्द्री खतिवडालाई सम्मान गर्नुका साथै हाफ म्याराथन दौडका विजेता खेलाडिलाई पुरस्कार प्रदान गरेकी थिईन् ।
कार्यक्रममा मूख्यमन्त्री डोरमणी पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाई र वडा नम्बर २ का अध्यक्ष बखानसिं पाख्रिनले मन्तव्य व्यक्त गरेका थिए ।
गोरखा सैनिकले पहिलो पटक विदेशी सेना अर्थात मुगल सेनालाई पराजित गरेको दिनको स्मरणमा विजय उत्सव मनाउँदै आईएको छ ।